सोमवार, बैशाख १४, २०८३

अराजक तत्वलाई यथासिघ्र कार्वाहीको दायारामा ल्याउ – पत्रकार महासंघ कैलाली

सनराईज टिभि न्युज,
धनगढी – एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई राजावादी आन्दोलनकारीहरुले जिउँदै जलाएपछि त्यसको बिरोधमा देशभरीका पत्रकार उत्रिएका छन् । पत्रकार जलाउनुका साथै बिभिन्न मिडिया हाउसमा समेत आक्रमण भएपछि त्यसका बिरुद्ध पत्रकारहरु बिरोधमा उत्रिएका हुन् ।

सोही घटनाका कारण नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विरोधमा परिणत भएको हो । नेपाल पत्रकार महासङ्घले शनिवार ७० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको थियो । तर, शुक्रवार काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि विरोध थालिएको हो । पत्रकार महासघंको केन्द्रिय कार्य तालिका अनुसार धनगढीमापनि बिरोध कार्यक्रम गरिएको छ । धनगढी चौराहा देखी बसपार्क हुँदै फेरी चौराहा सम्म बिरोध र्याली निकालिएको थियो । नेपाल पत्रकार महासघं कैलालीको आयोजनामा बिरोध र्याली सहित बिरोधसभा आयोजना गरिएको हो ।
कार्यक्रममा प्रेस युनियन सुदुरपश्चिमका अध्यक्ष मनमोहन स्वाँरले पत्रकारहरु माथि भएको हमलाको विरोध गरे । उनले भने अव कुनै पनि राजनिति परिवर्तनका नाममा अराजक्ता सहन नसक्ने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य मिन बमले हिजो राजाको प्रत्येक्ष कालमा पनि राजाले सेना लगाएर मिडिया हाउस, पत्रकार माथी आक्रमण गरेको थियो फेरी निरङकुस राजाले सुरुवार गरेको भन्दै अवको दिनमा यस्ता गतिविधि नगर्न चेतावनी दिए । नागरिकको आवजलाई बुलन्द गर्न हामी लागि परेको उनले बताए ।

त्यस्तै कार्यक्रममा पुर्व कैलाली जिल्ला अध्यक्ष दिर्घ उपाध्यायले हामीले एक जना पत्रकार साथी र एक जना सर्वसाधारण गुमाएका छौ, सरकारले पिडित पक्षलाई राहतको व्यवस्था गर्नु पर्ने बताए । राजाको पालामा पनि हामी सडकमा थियौ र अहिले पनि सडकमा आउनुपर्ने भएको छ हिजोको घटुनाको जो सुकै दोषी होस उनीहरुलाई कार्वाही हुनुपर्ने उनले बताए ।

नेपाल प्रेस युनियन कैलाली उपाध्यक्ष सुनिल आउजीले प्रेस स्वतन्त्रता र पे्रस मैत्री वातावरण बनाउनु पर्ने उनले बताए । प्रेस युनियनले घट्ुनाको सत्यतथ्य छानविन गरि यथासिघ्र दोषिलाई कार्वाहीको दायारामा ल्याउनुपर्ने बताए ।

त्यस्तै प्रेस चौतारी कैलालीका अध्यक्ष जनक विष्ट राज्यले अराजक तत्वलाई यथासिध्र कार्वाहीको दायारामा ल्याउनु पर्ने बताए ।

नेपाल पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाले सञ्चालकर्मीहरुलाई पेसागत सुरक्षाको व्यवस्था गरियोस भन्दै कैलाली जिल्लाको लम्की, टिकापुर, खख्खड क्षेत्रमा पनि विरोध कार्यक्रम गरिएको बताए ।

कार्यक्रमलाई नेपाल पत्रकार महासघं सुदुरपश्चिमका अध्यक्ष भरत शाह, पुर्व केन्द्रिय सदस्य मिन बम, पुर्व कैलाली जिल्ला अध्यक्ष दीर्घ उपाध्याय, इन्सेक सुदुरपश्चिम संयोजक खडक जोशी, प्रेस युनियन सुदुरपश्चिमका अध्यक्ष मनमोहन स्वाँर, फोनिज सुदुरपश्चिम अध्यक्ष उन्नती चौधरी, प्रेस चौतारी कैलाली अध्यक्ष जनक बिष्ट, प्रेस युनियन कैलाली उपाध्यक्ष सुनिल आउजी, प्रेस सेन्टर कैलाली सचिव राम दहित, समाजवादी प्रेस सगंठनका जगत जैगडी लगायले सम्बोधन गरेका थिए । नेपाल पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा आयोजित सभाको सञ्चालन महासघं कैलालीका सह सचिव शकंर बोहराले गरेका थिए ।

धनगढी, सुखड, लम्की र टीकापुरमा बिरोधका कार्यक्रम सम्पन्न भएका छन् । पत्रकार महासङ्घले यसअघि तय गरिएका कार्यक्रम रद्द गरेर विरोध सभा आयोजना गरिएको छ । पत्रकारको हत्या तथा सञ्चारमाध्यममा गरिएको आगजनी तथा तोडफोडको विरुद्ध विरोध सभाको आयोजना गरिएको हो ।

काठमाडौँमा शुक्रवार भएको राजावादीको आन्दोलनका क्रममा भएको आगलागीमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । विभिन्न सञ्चार माध्यमहरूमा तोडफोड तथा आगलागी गरिएको छ