सोमवार, जेष्ठ ४, २०८३

सुदूरपश्चिम मुख्यमन्त्री शाहद्धारा दोस्रो पटक मन्त्रीपरिषद पुर्नगठन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक सत्तागठन्धनबाट बनेको मन्त्रीपरिषदलाई पुर्नगठन गरेका छन ।
अहिले बजेट, नीति तथा कार्यक्रमको अन्तिम तयारीमा रहेको प्रदेश सरकारले रिक्त रहेको मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीका नेता रामेश्वर चौधरीलाई नियूक्त गर्दै मन्त्रीपरिषद पुर्नगठन गरेका हुन ।
२०८१ साल साउन २१ दश सदस्यीय मन्त्रीपरिषद गठन गर्दै मुख्यमन्त्रीमा नियूक्त भएका शाहले आइतबार रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रामेश्वरलाई नियूक्त गरेका थिए । आइतबारनै प्रदेश प्रमुख कार्यालयमा नजिर मियाँले रामेश्वरलाई पद तथा गोपनियताको सपथ खुुवाएका छन ।


सपथ ग्रहणमा उन्मुक्तिबाट सपथ लिन पुगेका मन्त्री रामेश्वर, उन्मुक्तिका संसदिय दलका नेता घनश्याम चौधरी र प्रदेश सभा सदस्य टिका थापा सहभागि थिइन । सोही पार्टीका थप चार सदस्य भने अनुपस्थित रहेका थिए । सपथ ग्रहणमा सत्ता गठबन्धन दलबाट विभिन्न मन्त्रालयमा नियूत्त मन्त्री तथा राज्यमन्त्रीको पनि सहभागिता रहेको थियो ।
केही दिनअघि पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उन्मुक्तिबाट सो मन्त्रालयमा कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी थिइन । लगत्तै रेश्म पक्षले रामेश्वरको नाम अघि सारेको थियो । सोमबार सपथ ग्रहणमा उन्मुक्तिबाटै मन्त्री बनेका लक्ष्मण किशोर र तत्कालिन नेकपा माओवादी, समाजवादी गठबन्धनबाट मन्त्री बनेका कैलाश चौधरी सहभागिता नहुनुले उन्मुक्तिभित्रको विवाद थप बढ्दै गएको देखिन्छ ।
नागरिक उन्मुक्तिबाट गत साउन २१ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियूक्त भएका लक्ष्मण किशोर चौधरी दिगो वन व्यवस्थापन सम्बन्धि ऐनमा पैसा लेनदेन गरेको अडियो बाहिरिएको थियो । अडियो बाहिरिएपछि उनले चैत २७ गते पदबाट राजिनामा दिएका थिए । उनले राजिनामा दिएको झण्डै एक महिना एक सातापछि मुख्यमन्त्री शाहले रामेश्वरलाई मन्त्रीमा नियूक्त गरेका हुन ।