धनगढी– भारत नेपाल प्रथम भोभिनम च्याम्पेनसिप–२०२५ मा नेपालले २९ पदक विजयी गरेको छ । भारतको लखनउमा भोभिनम एशोसियसन अफ इण्डियाको आयोजनामा मे १७ देख १९ सम्म भएको प्रतियोगिताअन्र्तगत नेपालले १४ स्वर्ण, ११ रजत र चार कास्य गरि २९ पदक विजयी गरेको हो ।
नेपालबाट शिअ कैलालीले ११ स्वर्ण, छ रजत र ३ कास्य विजयी गरेकोे छ भने गोदावरीले तीन स्वर्ण, पाँच रजत र एक कास्य गरि नौ पदक विजयी गरेको जनाइएको छ ।
प्रतियोगितामा शिअ कैलालीबाट २० र गोदावरीबाट ९ जना खेलाडीले भाग लिएका थिए ।

सहायक जुनियर चारदेखि आठ वर्ष, ८ देखि १४ वर्ष, जुनियर १४ देखि १८ वर्ष र सिनियर १८ देखि ३५ वर्षका महिला तथा पुरुष गरि आठ विधामा प्रतियोगिता भएको थियो । कुल दुई सय ७२ पदकमध्ये भारतले ५४ स्वर्ण, ५७ रजत र एक सय ३२ कास्य विजयी गरेको थियो ।
नेपालबाट टिम प्रशिक्षक पदमबहादुर ठकुल्ला, टिम व्यवस्थापक नित्यानन्द गुप्ता, अफिसियल राजीव गुप्ता, राजकुमार राना, रतन खाती र दयानन्द जोशी सहभागि रहेका थिए ।
