धनगढी, १४ वैशाख/ “जित , स्वास्थ्य र सद्भावको संगम”भन्ने मुल नाराका साथ धनगढीमा चैतन्य गन्तव्य कप फुटसल प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराए। धनगढीको फुटसलमा जेठ १६ र १७ गते ३० वर्ष भन्दा माथिका प्रतियोगिका लागि उक्त प्रतियोगिता गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
प्रतियोगिता गन्तव्य क्याफेको आयोजना, चैतन्य पाठशालाको मुख्य प्रायोजकत्व तथा मञ्जुश्री फाइनान्स लिमिटेडको सह प्रायोजनमा हुन लागेको छ।
यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरुस्कारको ब्यवस्था गरिएको छ । जसअन्तर्गत बेस्ट प्लेयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट स्कोररलाई पुरस्कारस्वरुप २५ सय रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक उमेश थापाले जानकारी दिए।
व्यस्त दैनिकीमा स्वस्थ पनि रहनुपर्छ भन्ने सन्देश दिनुका साथै नयाँ पुस्तालाई समेत हौसला प्रदान गर्न प्रतियोगिता गरिएको बताइए । सँगै विभिन्न ठाउँमाका खेलाडी र खेलप्रेमी बिच सम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको टिम दर्ता शुल्क ५ हजार ५ सय तोकिएको छ । टुर्नामेन्टमा सहभागी हुन संन्दिप कुँवर (९८१५६६१५८४), गोबिन बोहोरा (९८५८४२५३७३) लाई सम्पर्क गर्न सकिनेछ ।