मङ्लबार, जेष्ठ ५, २०८३

वेवारिसे नवजात शिशुको स्वास्थ्यमा सुधार, फाल्ने मान्छेको पहिचान भएन

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका– १४, फुलबारीस्थित ‘एच’ गाउँमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशुको स्वास्थ्यमा सुधार भएको छ । साइनो चोकनजिक झाँडीमा साल नकाटेको अवस्थामा फेला परेको नवजात शिशुको कैलाली प्रहरीले उद्दार गरेको थियो । धनगढीले नवजात शिशुलाई सेति प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।
बिहिबार नवजात शिशुको स्वास्थ्यमा सुधार भएपछि धनगढी नगर उपप्रमुख कन्दकला रानाले नवजात शिशुलाई बालबालिका स्याहार केन्द्र (सेफ हाउस) मा राखेकी छिन ।

शिशु कसको हो भन्ने अहिलेसम्म प्रहरीले पहिचान गर्न सकेको छैन । धनगढीकी उपप्रमुख रानाले यसरी अहिलेसम्म शिशुको आमा पहिचानमा प्रहरीले ढिलाई गरेको बताइन । उनले नवजात शिशु जन्माउने र फाल्ने कार्य अपराधिक गतिविधि रहेको बताइन । उनले यथाशिघ्र पहिचान गर्न जरुरी रहेको बताइन ।

बालकलाई अस्पतालको एनआइसियूमा राखेर स्याहार भएको थियो । अब बालकलाई सेफ हाउसमै राखि स्याहार सुसार हुने उनको भनाई छ । उनले बच्चा कसैको जिम्मा लगाउनेबारे कानुनी प्रक्रियाअनुसार हुने बताइन । उनले अहिले धेरै बाँझोपनको समस्या रहेकाले बच्चाको माग गर्ने थुप्रै परिवार रहेको बताइन ।