मङ्लबार, जेष्ठ ५, २०८३

दून एकेडेमीको दुई दिवसीय कविता महोत्सव सम्पन्न

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको दून एकेडेमी विद्यालयले आयोजना गरेको दुई दिवसीय कविता महोत्सव सम्पन्न भएको छ।

जसमा विशिष्ट अतिथीमा एसपीए क्याम्पसका प्रमुख योगराज गौतम, धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐर थिए। अतिथिमा प्याब्सन केन्द्रीय सदस्य टोपेन्द्र शाह, साहित्यकार श्रेष्ठ प्रिया पथ्थर, प्रगतिशिल लेखक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपीला शर्मा, गजलकार सिद्ध समर्पण, साहित्कार यज्ञराज यात्री  तथा अन्य प्रज्ञिक व्यक्तित्व रहेका थिए। यसै कार्यक्रममा ८८ वर्षीय जेष्ठ नागरिकद्वारा लिखित बाका सपना नामक कविता संग्रह लोकार्पण गरिएको थियो। कार्यक्रममा देउडा, थारू नृत्य जस्था सांस्कृतिक गीत र नृत्य समेत प्रस्तुत गरिएका थियो।

विद्यालयका प्र. अ.राम प्रसाद उपाध्यायले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई साहित्य प्रतिको लगाब वढनुका साथै भविष्यमा साहित्यिक व्यक्तिहरू कुलतमा नलाग्ने, देश प्रेमको भावना जगाउनुका साथै असल व्यक्तित्व विकासमा टेवा पुर्याउने बताए। यस कार्यक्रममा २१ विद्यालय सहभगी भएका थिए। सहभागी विद्यार्थीलाई प्रशंसा पत्र र पुरस्कारद्वारा सम्मान गरिएको थियो।