मङ्लबार, जेष्ठ ५, २०८३

बस व्यवसायीको आन्दोलन उग्र –  ऐन खारेजीको माग गर्दै विद्युतिय सवारी चालकको पाङ्ग्राको हावा निकाल्नेदेखि अभद्र व्यवहार

शेरबहादुर ऐर
धनगढी– कैलालीको धनगढीका चोक–चोकमा समुह बनाई खटिएका छन नीजि बस व्यवसायी समितिका पदाधिकारी तथा सदस्यहरु । कोही विद्युतिय गाडि वा नीजि गाडि गुडेको देख्यो कि रोक्दै अगाडि जान दिँदैनन । विद्युतिय रिक्सामा कस्ता यात्रु आइरहेका छन भन्ने पनि हेक्का राख्दैनन । सडकमा गुडिरहेको विद्युतिय रिक्सालाई अगाडि बढ्न नदिन पाङ्ग्राको हावा निकाल्छन ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय सघर्ष समितिको आदेश अनुसार आइतबारदेखि आन्दोलनरत यातायात व्यवसायीहरुले सोमबार लामो दुरीको मात्र नभई छोटो दुरीका पनि बस तथा सार्वजनिक तथा नीजि सवारीहरु सडकमा गुड्न दिएनन । जसका कारण यात्रुहरुले मार खेप्नुपरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा फूलबारीदेखि वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं बस कुरेर बसेका थिए –‘सफीतुला अन्सारी ।’ सोमबार दिनभरी बस नचलेपछि बसपार्कमै अन्यौलताकाबिच बस चल्ने आशामा पर्खाइमा थिए । तर, सोमबार कुनै पनि सवारी साधन नचलेपछि उनी निराशा बनेका छन । उनले भने –‘गाडि खुल्छ की खुल्दैन थाहा छैन । बन्द गरेर त के फाइदा हुन्छ होला । तर, हामीलाई अल्पत्र पारियो ।’


धनगढी १२ बस्दै आएका बासुदेव पण्डित हरिद्धारका लागि निस्कन लागेका थिए । मंगलबार अनिवार्य पुग्नुपर्ने बाँध्यता रहेको उनी शहिदगेटमा आन्दोलनरत पक्ष व्यवासायीको दादागिरीदेखि आक्रोसित थिए । उनले भने –‘रोडलाई कहिले बन्द गर्नु हुँदैन । कोही विरामी हुन्छ । कोही अनिवार्य कुनै गन्तव्यमा पुग्नुपर्ने हुन्छ । यसरी बन्द गरिनुहुँदैन । यो बन्द कहिले टुङ्गीने होला ?’ उनले नेताहरु चुपचाप बसेको तर, जनताले दुःख पाइरहेको बताए ।
कैलालीको घोडाघोडी नगरपालिका सुखड बस्दै आएकी छिन कल्पना राना । उनी धनगढीस्थित स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अर्धवार्षिक समिक्षा तथा आगामी बजेटको कार्ययोजनासम्बन्धी गोष्ठीमा सहभागि हुन शुक्रबार धनगढी पुगेकी थिइन । शनिबारसम्म चलेको गोष्ठी सकेर सोमबार घर जान लागेकी उनी सवारी नपाउँदा बाटोमा अल्पत्र थिइन । उनले भनिन –‘गाडि बन्द रहेको मलाई जानकारी थिइन । अहिले सडकमा अल्पत्र छु । हामी घर कसरी पुग्ने भन्ने अन्यौलमा छु ।’
भारतबाट घर जान गौरिफण्टा नाकाबाट प्रवेश गरेका करि बोहरा गाडि नपाएपछि सडकमै थिए । उनले भने –‘भर्खरै भारतबाट पुगेको हुँ । त्यहाँबाट विद्युतिय सवारीमा धनगढीदेखि घर जाने भनी आएको तर, आन्दोलनका कारण विद्युतिय रिक्सा पनि चल्न नदिएर सडकमै अल्पत्र पारेको छ ।’
धनगढीका स्थानीय बसन्तराज भट्ट विद्युतिय रिक्सा चलाउँछन् । दुई जना यात्रुको आपत्तकालिन विमानस्थल पुग्नुपर्ने थियो । उनी यात्रुलाई विमानस्थल छोडन जाने क्रममा आन्दोलनरत पक्षले उनको विद्युतिय रिक्साको पाङ्ग्राको हावा फुस्काईदियो । उनले भने –‘दुई यात्रुको प्लेन टिकट थियो । छोडन जाँदा आन्दोलनरत पक्षले दुव्र्यवहार गरे ।’
सार्वजनिक यातायात बचाउ केन्द्रीय सघर्ष समितिको आदेश अनुसार देशभरी सवारी चालकहरुले आफना सवारी साधन घरमा थन्क्याएर सडकमा आएको थियो । उनीहरुले सडकमा आफना गाडि त गुडाएनन । तर, आम सर्वसाधारणका नीजि गाडि, विद्युतिय रिक्सासमेतलाई रोकेर समस्या दिएको छ ।


यात्रु बोकिरहेका सबै यातायातका साधनहरू बन्द गरिरहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अत्तरिया शाखा इन्चार्ज शिवराज भट्टराईले जानकारी दिए ।
उनले कालो नम्बर प्लेटका सवारी साधनहरू मात्रै नभई यात्रु बोकिरहेका सबै सवारी साधनहरू बन्द भइरहेको बताए । ‘अटोरिक्साहरु पनि कालो नम्बर प्लेटका नै हुन, उनीहरूले राम्ररी नबुझेका हुनाले उनीहरूलाई सम्झाएर हामी अटो रिक्सा पनि बन्द गरिरहेका छौ’ उनले भने ‘त्यसबाहेक अन्य यात्रु बोक्ने सबै सवारी साधनहरू अनिश्चित कालका लागि बन्द छन् ।’ उनले निजी सवारी साधनहरूलाई भने आवतजावतमा कुनै रोक नभएको बताए ।
भट्टराईका अनुसार यातायात व्यवसायीहरूको आन्दोलनलाई विभिन्न श्रमिक संघसंगठनहरुले समेत साथ दिएका छन् । ‘यो यातायात व्यवसायीहरूको मात्रै आन्दोलन हैन, सबै श्रमिकहरूको हो’ उनले भने त्यसैले यो ‘आन्दोलनमा यातायात व्यवसायी मात्रै नभई सबै पार्टीका श्रमिक संघसंगठनहरुले ऐक्यबद्धता जनाएका छन् ।’ उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले सार्वजनिक यातायातहरू देशभरमै बन्द रहेको समेत बताए ।
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा निजी सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले सोमबारदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका थिए । घोषणा अनुरूप नै सोमबारदेखि अनिश्चित कालसम्मका लागि यातायात सेवा बन्द रहने बताइएको छ ।