धनगढी –
कैलालीको घोडाघोडी र गोदावरी नगरपालिका वाट ठुलो परिमाणमा लागुऔषध (खैरो हेरोईन) सहित सात जना पक्राउ परेका छन् ।
प्रहरीले लागू औषध सेवन गरीरहेका छन भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटीएको प्रहरी टोलीले कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ०१ सुखड स्थित मानिस नबस्ने(बाँझो) घरबाट २१ ग्राम ८२० मिलिग्राम लागुऔषध बरामद गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटीगएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ०५ गेटाबाट ५ ग्राम १८० मिलिग्राम र वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटीएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नं. ०२ कैलालीपुल नजिक सडक खण्डबाट ३८० मिलिग्राम गरी जम्मा २७ ग्राम ३८० मिलिग्राम लागु औषध (खैरो हेरोइन) सहित ७ जना व्यक्तिहरुलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं. १ लक्ष्मीपुर बस्ने बर्ष २० का उमेश नाथ योगी, सुखड बस्ने बर्ष १९ का बिनोद मिजार, बर्ष १८ का नबिन मिजार, बर्ष १९ का दिनेश बहादुर बिष्ट, ०२ साडेपानी बस्ने वर्ष १८ का मुकेश बस्नेत,. गोदावरी नगरपालिका वडा नं. ०१ मनहरा बस्ने बर्ष २० का कमल रिजाल, वडा ९ बस्ने बर्ष २७ को चिरञ्जीबी बि.क. रहेको छन् । उनीहरु संग २७ ग्राम ३८० मिलिग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका लाई आवश्यक कारवाहीको लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।