धनगढी –
धनगढी उपमहानगरपालिकाको सभाहलमा नगर सभाको तेहौं अधिवेशन कार्यक्रम भईरहेको थियो । धनगढीकी उपप्रमुख कन्दकला रानाले धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी थिईन ।
निति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला केही वडा अध्यक्ष तथा वडा सदस्यहरु गफमा मस्त थिए ।
सभाहलमा होहल्ला भएर निति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी रानाले बोलेको आवाज बुझिएन् । नगर प्रमुख गोपाल हमालले हल्ला भएको समयमा उपप्रमुख कन्दकला रानालाई बोल्न रोके र भने हल्ला नगर्नुहोस ।
गफ गर्ने भए बाहिर गएर गर्नुहोस् । त्यस पछि वडाअध्यक्ष तथा सदस्यहरु गफ नगरि नीति तथा कार्यक्रममा बसेका थिए ।