मङ्लबार, जेष्ठ १९, २०८३

धनगढीमा साईकल लेन बन्यो पार्किङ स्थल – सम्बन्धित निकाय मौन

धनगढी –
धनगढीमा पछिल्लो समय साईलकलेन पार्किङ स्थल बनेको छ । धनगढीको मुख्य सडक, छ लने सडक, भित्रि सडकहरुमा साईकल लेनमा सवारी साधनहरु पार्किङ गरेको पाईएको हो ।
धनगढीको अति भिड भाडहुने ठाउँ सेति प्रादेशिक अस्पताल र मालपोत कार्यालय अगाडीको सडकमा मोटरसाईकल, कार तथा स्कुटर पार्किङ गर्ने गरिएको छ । तर सम्बन्धित निकाय धनगढी उपमहानगरपालिका मौन बसेको छ ।

धनगढी नगरप्रहरीले केही समय धनगढीको चौराह क्षेत्र, चटकपुर, धनगढी बजार क्षेत्रमा जथाभावी गाडी पार्किङ गरेको पाईए कार्वाही गर्ने गरेको थियो तर पछिल्लो समय नगरप्रहरी कुनै ठाउँमा देखा पर्दैन्न । धनगढीमा जथाभावी पार्किङ गर्नले सडक कुरुप देखिनुको साथै दुर्घटनाको जोखिम बढेको स्थानियहरु बताउछन् ।

यता जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक चक्र बहादुर देउवाले हामी सडक सुरक्षा प्रति समबेदनशिल छौ, उधोग वाणिज्य संंघ कैलाली संग समन्वय गरेर अगाडी बढने उनले बताए । उनले भने हामी छिट्टै छलफल गरेर अव्यवस्थित पार्किङ्का विषयमा काम गर्ने उनले बताए । पहिले पहिले धनगढी नगरप्रहरीले केही समय हामी संग समन्वय गरेर काम गरेका थियौ तर पहिल्लो समय धनगढी नगरप्रहरीले कुनै चासो दिएको छैन् उनले भने । जथाभावी पार्किङ गर्ने, साईकल लेनमा पार्किङ गर्ने सवारी साधनलाई कार्वाहीको दायारामा ल्याईने उनले बताए ।