शनिबार, जेष्ठ १६, २०८३

गर्मी वढे संगै छालाको समस्या बढ्दै – डा. शम्भुदत्त जोशी

आयुषमा पन्त/सरस्वती वि.क
धनगढी –
गर्मीयाम सुुरु भएसगंै मानिसको छालामा विभिन्न किसिमका समस्या बढ्न थालेका छन् । मौसम परिवार्तको समयमा छालामा विभिन्न किसिमका समस्या आईरहेको छ, विरामी वढेको छन् सेती प्रादेशिक अस्पताल धनगढीका विशिषज्ञ डाक्टर शम्भुदत्त जोशिले बताउनुु भयो । गर्मी महिना सगसगै असारको महिना मा सबैभन्दा बढि समस्या आउने गर्दछ । छाला हाम्रो शरिरको यस्तो अगं हो जुन हाम्रो शरिरलाई सुुरक्षित राख्ने काम गर्ने गर्दछ । छालाले घाम, पानि, हावा बाट बचाउने कार्य गर्नै गर्दछ । तराई क्षत्रको सुुदुुरपश्चिमका जिल्ला मा मानिसहरुमा वढी समस्या देखा पर्ने गरेको छ । पछिल्लो समय बालबालिकाहरुमा छालाका रोगहरुको समस्या बढि देखापर्नै गर्ने गरेको छ ।

छालाका रोगहरुको लक्ष्ण

गर्मियाममा छालाका विभिन्न किसिमका समस्या देखापर्ने गर्दछन् । पानी फोका, घाउ मुुख पाक्ने, दाना निस्किने, चायापोतो, डन्डीफोर, मुुखभित्र दाना निस्किने जस्ता लक्षणहरु देखा पर्दछन् । अहिलेको समयमा सबै भन्दा बढि सौन्र्दयताको लागि पनि डाक्टर संग सरसल्ला लिन ७० प्रतिशत मानिसहरु तथा विरामीहरु आउने गरेको डा. जोशी बताउनुहुन्छ ।

छालाका रोगहरुवाट बच्ने उपाय
गर्मियामा छालारोग बाट बच्नका लागि विभिन्न किसिमका उपायहरु अप्नाउनुु पर्नै हुुन्छ । अहिलेको समयमा घर वाट बाहिर निस्किदा शरिर छोप्ने लुगा लगाएर हिड्ने । चर्को घाममा न निस्किने, चिसो पदार्थ वा फ्रिर्जमा राखेको खानेकुरा न पिउने, पोलिस्टरको लुुगा नलगाउने त्यसको सट्टामा सुुतिको लुुगाहरुको प्रयोग गर्ने वा लगाउने, फलफुलमा आम को प्रयोग नगर्ने वा नखाने, शितलो वा छोलीलो पदार्थ खाने जस्ले गर्दा छाला रोग बाट बच्न सकिने डा. जोशीको भनाई छ ।

छाला सम्बन्धित कुनै पनि रोगहरु भएमा विशेषयज्ञ संग सल्लाहलिने
छाला सम्बन्धि विशिषज्ञ डाक्टर सम्भुुदत्त जोशिले यदि छालामा कुनै पनि समस्या आए विशेषयज्ञ डाक्टरहरुको सुझाब बिना औषधि पसल तथा फार्मेषी बाट औषधीको प्रयोग गर्न नहुने उनी बताउनुहुन्छ ।
विशेषयज्ञ चिकित्सकहरुको सरसल्लाह र डा. को उपचार वाट मात्रै औषधीको प्रयोग गर्न हुन उहाँले अनरोध गर्नुभएको छ ।