धनगढी –
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सन्तोष चन्दको अवस्था बुझन मायामेट्रो अस्पताल पुगेका पत्रकारहरुलाई डाक्टरले पत्रकारिताको इथिक्स पढेर आउनुस् भन्दै पन्छिन खोजेका छन् । आज धनगढीमा प्रहरी जवान चन्दका श्रीमाती विमला चन्दले पत्रकार सम्मेलन आयोजना गरे पछि पत्रकारहरु चन्दको अवस्था बुझन अस्पताल पुगेकोमा मायामेट्रो अस्पतालका कार्यरत वरिष्ठ कनसलटेन्ट न्युरो सर्जन डा. हरि पौडेलले विवाद गरेका हुन् ।
सुदूरपश्चिम अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष भक्तराज जोशीले पत्रकार र पत्रकारितामाथि डा. पौडेलले आक्षेप लगाउने गरी दिएको अभिव्यक्तिमाथि घोरभत्सना रहेको बताएका छन्।
टिभी पत्रकार सङ्घका अध्यक्ष तथा कल २४ न्युजका सञ्चालक भक्तराज जोशी, सनराइज टेलिभिजनका समाचार प्रमुख सुदिप थापा, सुदूरपश्चिम टाइम्सका सञ्चालक सम्पादक रमेश एडी, सामुदायिक खबरका सञ्चालक सम्पादक महादेव गिरी,जनबोली खबरका सञ्चालक हरिस भट्ट, सुदूरपत्र डटकमका सहसम्पादक लवदेव धामी लगायतको टोलीलाई अस्पताल परिसरमै डक्टर पौड्यालले यस्तो भनेका हुन् ।
आठ दिन अगाडी कैलालीको अत्तरिया बस पार्क नजिकै एक ट्राफिक प्रहरी जवान बेहोस अवस्थामा फेला परेका थिए । बस पार्कदेखि करिब २ सय मिटर टाढा पहाड रोडमा बुधबार राति १० बजेतिर ट्राफिक प्रहरी जवान सन्तोष चन्द अचेत अवस्थामा भेटिएको थिए ।
आज धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्राफिक जवान चन्दकी श्रीमती विमला चन्दले घर वाट ८ वजे मेरो श्रीमान निस्किनु भएको हो, मलै पटक पटक फोन सम्पर्क गरे तर फोन उठेन । उनले भनिन मलाई साढे दश वजे तिर खड्का भन्ने ड्राइभरले फोन ग¥यो त्यस पछि म गए । म त्यहाँ पुग्दा मेरो श्रीमान होसमा हुनुहुन्थेन । आज आठ दिन वितिसक्दा समेत सत्यतथ्य पत्तालगोको छैन् । प्रहरी प्रसाशनले छिटो भन्दा छिटो मलाई न्याय दिनु पर्छ । अस्पतालको उपचार खर्च पनि जुटाउन गाह्रो भई सक्यो । त्यहाँ वाट एक चोटी पनि हेर्न आउनु भएको छैन् भन्दै मलाई न्याय दिलाउन सवैको सहयोग गरिदिनहुन उनले अनुरोध गरिन् ।
ट्राफिक प्रहरी जवान चन्दको दिदि उर्मिला चन्दले म अस्पतालमा पुग्दा आईसियुमा राखिएको थियो । दुर्घटना भएको जस्तो छैन मेरो भाईलाई कुटेरनै मार्न खोजिएको हो । दुर्घटना भएको भए त्यस्को प्रमाण दिनुपर्छ, कुटपिट भएको भए सत्यतथ्य पत्तालगाई कार्वाहुनुपर्ने उनले बताईन् ।
उता इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्द संग बुझदा हामी अनुसन्धमानै रहेका उनले बताए । मेरै नेतृत्वको टोलीले उनलाई उद्धार गरी उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पतालमा पु¥याएको बताए । अहिले उनको उपचार भईरहेको र प्रविधिक पाटोवाट अनुसन्धान भईरहेको उनले बताए ।