मङ्लबार, जेष्ठ १९, २०८३

प्याबसन धनगढीको विध्यार्थीहरुका लागी क्षेमता विकास तालिम

धनगढी
निजि तथा आवासिय विध्यालय अर्गनाईजेशन नेपाल (प्याबसन) धनगढीको आयोजनामा धनगढी प्यावसन सदस्य विध्यालयका क्याप्टेन तथा भाईस क्याप्टेन नेतृत्व क्षेमता विकास तालिम सम्पन्न भएको छ । निजि तथा आवासिय विध्यालय अर्गनाईजेशन नेपाल ९प्याबसन० धनगढीको नगर समितिले आज एक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रम गरेको हो ।
निजि तथा आवासिय विध्यालय अर्गनाईजेशन नेपाल ९प्याबसन० धनगढी नगर समितिले आयोजना गरेको कार्यक्रमको संयोजन दिपक सुरीले गरेको थिए । सुरीको व्यवस्थापनमा आयोजना भएको कार्यक्रममा भव्य र सभ्य भएको सहभागि विध्यार्थीहरुले बताएका छन् । तालिममा सहभागि छात्र योगेश बमले तालिम मा सहभागि भएर धेरै ज्ञान पाएको बताए । आजको कार्यक्रमवाट लिडर सिपको बारेमा सिकेको उनले बताए ।

कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा संजय खड्का रहेको थिए । उनले बालबालिकालाई आफुले लिडिङ कसरी गर्ने बारेमा प्रशिक्षण दिएका थिए ।

प्याबसनका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि टोपेन्द्र शाहले धनगढीका विध्यालयका विध्यार्थीहरुको नेतृत्व क्षेमता विकास गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए । उनले भने विध्यार्थीहरुको नेतृत्व क्षेमता राम्रो बनाउन कार्यक्रम आयोजना गरीएको उनले बताए ।

प्यावसन धनगढीका नगर अध्यक्ष धुव बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक लोकेन्द्र विष्टले गरेको थिए ।