धनगढी –
गज्जबको इन्टरटेन्मेन्ट प्रा.ली द्वारा आयोजना गरिएको पैतिस दिने निःशुल्क बेसिक ब्युटिसियन तालिम सम्पन्न भएको छ ।कार्यक्रममा एक सय विस जना महिला दिदी बहिनीहरूलाई निःशुल्क बेसिक ब्युटिसियन तालिम प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै उपकुलपति जोशीले आजको समयमा सबै मान्छे आफू सुन्दर हुन चाहन्छन् सुन्दरताको अर्थ गोरो हुनु मात्रै होइन कालो मान्छे पनि सुन्दर हुन सक्छ । संसारमा सबैभन्दा सुन्दर नारी हुन्
नारी सुन्दर हुनुको एउटा प्रमुख कारण भनेको लज्जा हो । उनले महिला दिदीबहिनीहरूलाई रूपको सुन्दरता मात्रै नभएर व्यवहारमा पनि सुन्दरता हुन आवश्यक रहेको बताएका छन् ।
यस कार्यक्रमकी विशिष्ट अतिथि गुरुकुल एकेडेमीका प्रधानाध्यापक सुनिता सुरी स्वारले हामी महिला दिदी बहिनीहरूलाई सबैलाई आफु राम्रो देखिन सवै चाहना हुन्छ । मानिसको सुन्दरताले आत्मविश्वास पनि बढाउँछ भन्दै गज्जबको इन्टरटे्मेन्ट लाई धन्यवाद व्यक्त गर्नु भयो।
कार्यक्रमको विशिष्ट अतिथि शिवम ब्युटी पार्लर प्रालीका सञ्चालक तथा सुदूरपश्चिम ब्युटी पार्लर एशोसियसनको प्रदेश अध्यक्ष मिना बोहराले महिला दिदीबहिनी हरुले तालिम बाट सिकेको कुरा हरु व्यावहारिक रूपमा पनि उतार्नु जरुरी रहेको बताईन्
कार्यक्रमको विशिष्ट अतिथि ग्ली एकेडेमीका प्रधानाध्यापक शान्ति भट्टले सुन्दर बन्न सबैलाई रहर लाग्छ यो तालिम भनेको मानिसहरूलाई खुसी दिन सक्ने सिप कला हो भन्दै गज्जबको इन्टरटे्मेन्ट प्रालीलाई धन्यवाद व्यक्त गर्नु भयो।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाले गज्जबको इन्टरटेन्मेन्टले गज्जबको कार्य गरेको छ हाम्रो दिदीबहिनीहरू को लागि यस्तो राम्रो तालिम दिनु भएको मा उहाँले धन्यबाद व्यक्त गर्नु भयो ।
कार्यक्रमकी सभापति सुष्मा श्रेष्ठले एकदमै लगनशील मेहेनत जोस र जाँगरका साथ सबै दिदीबहिनीहरूले यो पैतिस दिने बेसिक ब्युटिसियन तालिम सिकिदिनुभएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै सिकेको सीप कलालाई व्यवहारिक रुपमा पनि उतार्नुहोला नत्र भने तपाईँले सिकेको शिप बिर्सन सक्नुहुन्छ त्यसैले यसलाई जति सक्दो आफ्नो व्यवहारमा उत्तान जरुरी रहेको बताईन ।
कार्यक्रममा व्युटिसियन तालिममा सहभागिहरुलाई प्रमाण पत्र तथा मायाको चिनो वितरण गरिएको थियो भने कार्यक्रममा सहजिकरण दिप श्रेष्ठले गरेको थिए । कार्यक्रममा विशिष्ट अतिथि सनराईज मिडियाका कार्यकारी निर्देशक उत्तम थापा, अतिथिमा सनराईज टेलिभिजनका समाचार प्रमुख सुदिप थापा लगाएतको उपस्तिथी रहेको थियो भने कार्यक्रम सञ्चालन सनराईज टेलिभिजनका कार्यक्रम संयोजक प्रेम विवस चन्दले गरेका थिए । सनराईज टेलिभिजनका लागि रोशन थापा र साकार बोगटीको रिपोर्ट