मङ्लबार, जेष्ठ १९, २०८३

SEE परीक्षामा डिस्कभरी माविले ल्यायो १०० प्रतिशत नतिजा

असार १३,धनगढी : २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनगढी उपमहागगरपािलका वडा न.८ कान्तिपुर टोलमा रहेको डिस्कभरी माविले १०० प्रतिशत नतिजा ल्याएको छ ।

परीक्षा नियन्त्रण कार्यालय–कक्षा १०,राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बेलुका सार्वजनिक गरेको नतिजा अनुसार डिस्कभरी माविबाट यसपटकको एसइइ परिक्षामा सहभागी २९ जना विद्यार्थी मध्ये २९ जना नै पास भएको विद्यालयका प्रिन्सिपल योगेन्द्र सिंहले जानकारी दिए । डिस्कभरी माविको इसइइ परीक्षामा सहभागी यो दोश्रो ब्याच हो ।