धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका विद्यार्थीको शैक्षिक सुधार कार्यक्रमलाइ लायन्स क्लब अफ धनगढी सिटीले सहयोग गरेको छ।
धनगढी उपमहानगरपालिकाका ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई पोसाक वितरण गर्न ७५ हजार सहयोग गरिएको हो।
धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न विभिन्न संघ/संस्थाहरूबाट हालसम्म ६४ लाख ४५ हजार सात सय ५० रुपैयाँ सहयोग रकम सङ्कलन गरेको बताएको छ।