मङ्लबार, जेष्ठ २६, २०८३

धनगढीको सहिदगेट नजिक डायमण्ड जिम क्लाव सञ्चालनमा

धनगढी –
धनगढी उपमहनगरपालिका वडा नं. ४ सहिदगेट नजिक डायमण्ड जिम क्लव सञ्चालनमा आएको छ । क्लवको आज वाट औपचारिक रुपमानै सेवा दिने उद्धेश्यले उद्धघाटन गरिएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का (रवि) ले जिम क्लवको उद्धघाटन गर्दै युवा व्यवससी साथीहरुलाई शुभकामना दिए । नेपालमानै बसेर व्यसायमा होमिनुभएको र लागुपदार्थ जस्तो दुर्वेशनीमा लागेका लागी व्यायमको माध्यमवाट छुटकारा दिलाउन क्लवले महत्वपुर्ण भुमिका खेल्ने उनले विश्वास व्यक्त गरे । मानिसलाई स्वस्थ्य हुनलाई शाररिक व्यायम चाहिन्छ आफ्नो तर्फवाट हुने सहयोगका लागि तयार रहेको उनले बताए ।

जिम क्लवका सञ्चालक गोविन्द के.सीले म आफैनै सुदूरपश्चिमको सटिफाईड टे«नर भएकाले हामीले लागुपदार्थ दुर्वेशनीमा फसेकालागि यो खेलमा ल्याएर व्यस्त बनाएर सुधार्ने प्रयास गर्ने उनले बताए ।

जिम क्लव भित्र जान भन्दा अगाडी तपाईको गोल के छ त्यसका आधारमा हामीले तालिम दिने गर्दर्छौ के.सीले भने । हामीले दिने विशेष सेवा भनेको गोल अनुशारको रिजल्ट दिने उनले बताए । जिम क्लवमा मात्रै अहिले सम्म डेड करोडको लगानी भईसकेको र अगामी दिनहरुमा नयाँ योजनाहरुपनि थपिदै जाने उनले जानकारी दिए ।

 उनले आफ्नो सेवाको बारेमा जानकारी गराएका छन् । डायमण्ड जिम क्लवले उद्धघाटन देखि ७ दिनका लागि विशेष अफर ल्याएको छ । भर्ना फि एक हजार, ६ महिना जिम, काडियो ६ पटक एघार हजार, मासिक जिम काडियो २ टाईम्स गु्रप साउना पच्चिस सयमा, तिन महिना जिम, काडियो चार पटक साउना ६ हजार र लेडिज स्पेशल अफरमा ३ महिना जिम काडियो चार पटक, साउना पाँच हजार पाँच सय र लाईफ टाईम मेम्वर सिपका लागि एक लाख पाँच हजार शुल्क निधारण गरेको जनाएको छ । क्लवमा विशेषतामा जिमका लागि अत्याधुनिक उपकरणहरु, साउना, क्याफे, व्यतिmगत लकर रहेका छन् । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष बुद्धि बहदुर खड्का, वडा नं. ३ का अध्यक्ष राज बहादुर ऐर, विभिन्न व्यवसायीहरु लगाएतको सहभागिता रहेको थियो ।