धनगढी । जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघको साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले खेमराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथी विद्यालयका कार्यकारी निर्देशक करुणाकर पाण्डेय रहेका थिए। यसै अवसरमा डा. मेराज आलम अन्सारीलाई सल्लाहकार समिती संयोजकको जिम्मेवारी दिइएको छ।
संस्थाले विपन्न विद्यार्थीलाई छात्रवृत्तिमार्फत जेसिज एभरेष्ट माध्यमिक विद्यालयमा अध्ययन गराउँदै आएको छ। साथै, शिक्षाको गुणस्तर र छात्रवृत्तिलाई दीगो बनाउन संस्थाले रु १५ लाखको अक्षयकोष स्थापना गरेको जनाएको छ।
👉 नयाँ नेतृत्वले आगामी दिनमा अझ प्रभावकारी रूपमा पूर्व विद्यार्थी तथा विद्यालयबीचको सम्बन्ध सुदृढ गर्दै सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।