सोमवार, जेष्ठ २५, २०८३

धनगढीमा १० लाखभन्दा बढीको औषधिसहित दुई जना पक्राउ

धनगढी उपमहानगरपालिका–७ मोतिचोकबाट १० लाख ६५ हजार १८५ रुपैयाँ बराबरको औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोली नौ जनाको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेका कैलारी गाउँपालिका–५ का पबेरा बस्ने ३० वर्षीय मनोजकुमार चौधरी र गौरीगंगा नगरपालिका–१० उदासीपुरका २६ वर्षीय खेमराज चौधरीलाई नियन्त्रणमा लिएको हो।

औषधि ओसारपसार गर्न प्रयोग गरिएको मोटरसाइकलसहित बरामद औषधि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको प्रहरीले जनाएको छ।