लम्की चुहा नगरपालिका–६, बागमारा घर भई हाल भारतको महाराष्ट्र, मुम्बईमा बसोबास गर्दै आएका समाजसेवी तथा भुल एकता समाजका केन्द्रीय महासचिव ललित भुलको असामयिक निधन भएको छ।
समाजसेवी भुलले प्रवासी नेपालीका हरेक सुख–दुःखमा साथ दिंदै समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण योगदान गरेका थिए। उनको निधनले सम्पूर्ण समाज स्तब्ध र शोकाकुल बनेको छ।
भुलको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि भोलि ६ सेप्टेम्बर २०२५, बिहान ११:०० बजे बदलपुर खाम्कर स्कूलस्थित निवासबाट अन्तिम यात्रा सुरु गरिने परिवारले जनाएको छ।
शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।