मङ्लबार, जेष्ठ ५, २०८३

गेटा अस्पतालले २४ सै घण्टा सेवा दिन थालेपछि बिरामीको चाप बढ्दै

धनगढी: कैलालीस्थित गेटा अस्पतालले २४ घण्टा विशेषज्ञसहितका स्वास्थ्य सेवा दिन थालेपछि बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। अस्पतालले ओपिडी, इमर्जेन्सी, ल्याब, फार्मेसी लगायतका सेवा चौबिसै घण्टा सञ्चालन गर्न थालेपछि सेवा लिन आउने विरामीहरू खुसी देखिएका छन्। अस्पतालको ओपिडीमा हाल कार्डियोलोजी, पेडियाट्रिक्स, नेफ्रोलोजी, न्युरोलोजी, साइकेट्रिकलगायतका विशेषज्ञ सेवा सञ्चालनमा छन्। यससँगै २४ सै घण्टा उपलब्ध हुने इमर्जेन्सी, ल्याब तथा फार्मेसी सेवाले विरामीको पहुँच सहज बनाएको छ।

काउन्टर प्रमुख भोजराज पाण्डेका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा गेटा अस्पतालको ओपिडी सेवाबाट १६ हजार १२९ जनाले उपचार लिएका थिए। तर, चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा मात्र ३ हजार १५५ जनाले ओपिडी सेवा लिइसकेका छन्। यस्तै, गत आर्थिक वर्षमा १२ हजार ९७ जनाले प्रयोगशाला (ल्याब) सेवा लिएका थिए भने यो वर्षको साउन महिनामा मात्र १ हजार ५६३ जनाले सेवा लिएको पाण्डेले बताए।