मङ्लबार, जेष्ठ ५, २०८३

बेलौरीमा जेनजीका माग माग सम्बोधन गर्न वार्ता टोली गठन

कञ्चनपुर: जेनजी समर्थक समूहको माग सम्बोधन गर्न यहाँको बेलौरी नगरपालिकाले सर्वपक्षीय वार्ता टोली गठन गरेको छ । बिहीबार बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले जेनजी समर्थक समूहको माग सम्बोधन गर्नका लागि नगर प्रमुखको अध्यक्षतामा जेनजी समर्थक समूहबाट सात जना सदस्य रहने गरी सर्वपक्षीय वार्ता टोली गठन गरेको हो ।

कार्यपालिका बैठकले नगर प्रमुख पोतोलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत, नौं जना कार्यपालिका सदस्य, ५ दलबाट एक एक जना दलीय प्रतिनिधि र जेनजी समर्थक समूहबाट ७ जना सदस्य रहने गरी सर्वपक्षीय वार्ता टोली गठन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीले बताए ।