मङ्लबार, जेष्ठ ५, २०८३

नोभा अस्पतालको लापवाहीले धनगढीकी प्रेरणाको मृत्यु भएको परिवारको आरोप

धनगढी – धनगढी उपमहानगरपालिका वडा नं.७ कि प्रेरणा जोशीको नोभा अस्पातलको लापवाहीले मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।
चार दिन अगाडी एसइइको रिजल्ट आए पछि उनले मुसाको दवाइ खाएको उनका आफ्न्त तिलक मौनीले बताए । उनले भने प्रेरणाले आफ्नो बुवालाई मुसाको दवाइ खाएको जानकारी गराउना साथ उनका बुवाले सेती प्रादेशिक अस्पताल लिएर आएको बताए । सेती अस्पतालमा उपचार गराउने क्रममा आइसियुमा राखेर उपचार गर्नु पर्ने अवस्था आयो अस्पतालले नोभाका लागि रिफर गरेको उनले बताए । हिजो सम्म नोभा अस्पताल परिसरमा हिडडुल गरेकी जोशीलाई राती करिव ३ बजे तिर अचानक अस्पताल प्रशासन वाट तपाईको मान्छे सिरियस छ तपाइहरुले हेलिकप्टर मगाउनुस् कि डिल्ली लैजानुस भन्दै जोशीको बुवालाई भनेको उनले बताए । नोभा अस्पतालको सय प्रतिशत लापवाही छ, किन भने विशेषयज्ञ डाक्टरले नहेर्ने गरेको उनले बताए । बेशिक लेवलको डाक्टरले यस अस्पतालमा हेर्ने गरेको उनले आरोप लगाए । उनले भने जव सम्म पिडितले न्याय पाउदैन तव सम्म लास नबुझ्ने उनले बताए । अहिले जोशीको शव सेति प्रादेशक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ भने अस्पताल परिसरमा प्रहरीको बाक्लो अपस्तिथि रहेको छ ।