मङ्लबार, जेष्ठ ५, २०८३

धनगढीमा क्यारिङ् वाला अवैध रुपमा वनगाउँ वाट सामान भित्राउन व्यस्थ : त्रिनगर प्रहरीका इन्चार्ज शाही हप्ता उठाउन मस्त

दिप श्रेष्ठ
धनगढी – त्रिनगर प्रहरी चौकीले पछिल्लो समय आर्थिक लाभ लिइ क्यारिङ् गराइरहेको आरोप लागेको छ । त्रिनगर प्रहरी चौकीमा प्रहरी वरिष्ठ नायव निरिक्षक रमेश शाहीले कमाण्ड समाले पछि मासिक हप्ता असुल गरेर क्यारिङ्लाई प्रसय दिइ रहेको आरोप लागेको हो ।
उनले पछिल्लो समय सादा पोसाकमा प्रहरी वरिष्ठ हवलदार धर्म देव महरालाई असुलिमा खटाउने गरेको स्रोतले बताएको छ ।

उनकै निर्देशनमा त्रिनगरको आफ्नो एरिया भित्र हुने अवैध गरिविधिलाइ समेत उनले संरक्षण गर्दै आएको आरोप लागेको हो । महराले इन्चार्ज शाहीको आदेशमा सादा पोशाकमा गएर विभिन्न होटल वाट असुल उपर गर्ने, क्यारिङ् गर्ने महिला वाट असुली गर्ने लगाएतका गतिविधीमा संलग्न भएको सनराईज टेलिभिजनमा हिजो प्रकाशित भिडियोले समेत प्रमाणित गर्छ ।

उनले त्यहाँ स्थित रारा होटल, निश्चिल होटल, दाजुभाई होटल वाट मासिक दश हजारका दरले हप्ता असुल गर्दै यौन जन्य गतिविधिलाई प्रसाय दिदै आएको पनि आरोप छ । उनी आए देखि क्यारिङ गर्दै आइरहेको व्यापारी वाट मासिक रुपमानै हप्ता उठाएर माल समान पास गराउने गरेको पाइएको हो । उनले धनगढीका लागी क्यारिङ् गर्ने रितु नाम गरेकी महिला वाट पनि मासिक रुपमा हप्ता लिदै आएको विश्वसनीय स्रोतको दावी छ । कैलाली भन्सार कार्यालयको तथ्याङ्क अनुशार सशस्त्र प्रहरीले अवैध रुपमा गौरीफन्टा नाका हुदै क्यारिङ् गरेर भित्रिएका असोज महिनामा मात्रै २० लाख भन्दा वढीको सामान भन्सार कार्यालयमा दाखिला गरि सकेको छ ।

असोज महिनाको ८ गते धनगढी वडा नं.–२ स्थित चेक प्वाईन्ट ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म त्रिनगर कैलालीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सुरेन्द्र बहादुर खड्काको कमाण्डमा खटिई गएको ५ जनाको चेक प्वाईन्ट डिउटी टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्राई बेबारिसे अवस्थामा रहेको अन्दाजी मुल्य रु.३८,३६० बराबरको सिलाई कटाई सम्बन्धी सामानहरु बरामद गरी कैलाली भन्सार कार्यालय धनगढीमा दाखिला गराएको हो, यो आएको समान पनि त्रिनगर प्रहरी चौकीको पुलमा खटिएको सुरक्षाकर्मीहरुलाई पार गर्दै अगाडी भेटिएको समान हो । असोज १२ गते धनगढी . वडा नं.–२ मिलन चोक ईलाकामा नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म त्रिनगर कैलालीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाहको कमाण्डमा खटिएको मोबाईल डिउटी टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको मुल्य रु. २,३९,६०० बराबरको लेडिज कपडा बरामद गरी भन्सार कार्यालय बुझाएको थियो । यो सामान पनि त्रिनगर प्रहरीको मुखै वाट पास भएको थियो ।

यसरी पछिल्लो समय त्रिनगर प्रहरीको सेटिङ्मा लाखौंको समान अवैध रुपमा भित्रिने गरेको भन्सार कार्यालयको तथ्याङ्ले देखाएको छ जो सामान प्रस्ताबित सीमा सुरक्षा गुल्म त्रिनगरले बरामद गरेर भन्सार बुझाएको हो । असोजको १४ नवित्दै प्रस्ताबित सीमा सुरक्षा गुल्म त्रिनगरले भन्सार कार्यालय कैलालीमा २० लाख भन्दा वढीको अवैध मालसामान बरामद गरी बुझाइ सकेको छ । असोज महिना १४ गते सम्मको मात्रै तथ्याङ्क हेर्ने हो भने छोटो समायमानै तस्करी/क्यारिङ् गरी ल्याइएको २० लाख भन्दा वढी सामान भन्सार दाखिला हुनुले त्रिनगर प्रहरीले सेटिङ् र हप्ता लिएर क्यारिङ्लाई प्रसय दिइरहेको प्रस्ट देखाइदिएको छ ।
क्यारिङ् गर्दै अएकी महिलाले नाम नखुलाउने सर्तमा भनिन् हामीले मासिक रुपमा एक हजारका दरले नाकाका प्रहरी इन्चर्जलाई बुझाउने गरेका छौ । स्रोतका अनुशार व्यवसायीहरुका मालसामान क्यारिङ् वापत मासिक ५ हजारका दरले बुझाउनु पर्छ । त्यहाँ ८० देखि ९० का विचमा दैनिक रुपमा क्यारिङ् गर्ने महिला तथा पुरुष रहेको स्रोतको दावी छ ।

हामीले यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक नरेन्द्र चन्द संग बुझ्न खोज्दा उनले भने हामीले शुन्य सहनशिलतामा काम गर्न निर्देशन दिएका छौं । कुनै पनि किसिमको आर्थिक गतिविधिमा संलग्न भए कार्वाही गर्ने उनले बताए ।
अवैधमाल सामान समाउनु पर्ने, भन्सार छली रोक्नुपर्ने, शान्ति सुरक्षा व्यवस्थापन लगाएतका जिम्मा प्रहरीलाई हुन्छ । तर पछिल्लो समय त्रिनगर प्रहरी क्यारिङ् वाट मासिक हप्ता उठाउन मस्त छ ।