मङ्लबार, जेष्ठ ५, २०८३

एसपी चन्दको निर्देशनमा त्रिनगर प्रहरी चौकीमा रंगरोगन

दिप श्रेष्ठ
धनगढी– कैलालीको धनगढीको एक मुख्य नाका हो त्रिनगर गौरीफन्टा नाका । पछिल्लो समयको जेन्जी आन्दोलन पछि नेपाल प्रहरी केन्द्रिय कार्यालयको निर्देशन अनुशार शुन्य सहनशिलतामा काम गर्ने निर्देशन बमोजिम प्रहरीले काम गर्नु पर्ने छ तर त्रिनगर प्रहरीले सो कार्य उल्लघन गर्दै आइरहेकोे तस्विरमा देख्न सकिन्छ ।
तस्विरले बोलेको छ कि शुन्य सहनशिलतामा काम गर्नु पर्नें प्रहरीले हो तर त्रिनगर प्रहरी चौकी का इन्चार्ज रमेश शाहीले क्यारिङ्, होटल पसल वाट मासिक रुपमा रकम असुल गदै आइरहेको रकमले त्रिनगर प्रहरी चौकी रंगरोगन गरेका छन् । उनले प्रहरी संगठनको निर्देशन बमोजिम शुन्य सहनशिलता अपनाएको देखिदैन् । स्रोतका अनुशार शाहीले क्यारिङ्, होटल पसल वाट संकलन रकम जिल्ला प्रमुख सम्म पुग्ने गरेको स्रोतको दावी छ । अहिलेको विसम परिस्तिथिमा प्रहरी जस्तो संघठनमा आवद्ध प्रहरी वरिष्ठ नायव निरिक्षक कमान्डर भएको चौकी नै क्यारिङ् जस्तो अवैध क्रियाकलापलाई प्रसय दिई रहेको हिजो प्रकाशित सनराईज टेलिभिजनको धनगढीमा क्यारिङ् वाला अवैध रुपमा वनगाउँ वाट सामान भित्राउन व्यस्थ : त्रिनगर प्रहरीका इन्चार्ज शाही हप्ता उठाउन मस्त शिर्षकले पुष्टि गर्छ । हामीले

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक नरेन्द्र चन्द संग बुझ्न खोज्दा उनले भने हामीले शुन्य सहनशिलतामा काम गर्न निर्देशन दिएका छौं । कुनै पनि किसिमको आर्थिक गतिविधिमा संलग्न भए कार्वाही गर्ने उनले बताए ।