सोमवार, जेष्ठ ४, २०८३

डोटीमा प्रहरी जवान मृत फेला

डोटी : डोटीमा प्रहरी जवान मृत फेला परेका छन्। शुक्रवार मध्यरात जिल्लाको शिखर नगरपालिका–८ तिलताली घर भई नेपाल प्रहरीको जवान पदमा कार्यरत शङ्कर बलायर मृत फेला परेका हुन्।
केआई सिंह राजमार्गअन्तर्गत गोपघाट भन्ने ठाउँमा एक जना व्यक्ति लडेको भनी मध्यरात १२:१५ बजे प्रहरीलाई सूचना आएपछि प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको हो। बलायरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। उनी असोज ७ गतेदेखि लागू हुने गरी १८ दिनको बिदामा आएका थिए।