शनिबार, बैशाख १९, २०८३

कैलालीमा हाेटलमा खाना खाइरहेका युवकमाथि चक्कु प्रहार

धनगढी । कैलालीमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् ।
गएराति गाेदावरी नगरपालिका-४ मा रहेकाे शुभम हाेटलमा खाना खाइरहेका बेला डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय गाैरव ऐरमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले हाेटलमा खाना खाइरहेका बेला प्रवेश गरेकाे एक समूहले ऐरमाथि चक्कु प्रहार गरेकाे बताए ।
उनकाअनुसार घाइते अवस्थाका ऐरलाई थप उपचारका लागि भारत पठाइएको छ । राति पाैने १२ बजेतिर हाेटलमा ४/५ जनाकाे समूहमा पुगेकाहरूले उनीमाथि चक्कु प्रहार गरेका थिए ।
उनीहरूकाे पहिचान खुलिसकेकाले खाेजी भइरहेको प्रहरीले जनाएकाे छ ।