बिहिबार, बैशाख १७, २०८३

नेपाल तरुण दल कैलालीद्वारा ७३औं स्थापना दिवस मनाइयो

धनगढी– नेपाल तरुण दल जिल्ला कार्य समिति कैलालीले ७३ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
सोमबार धनगढीस्थित नेपाली काँग्रेस पार्टी कार्यालय तथा विपी स्मृति भवनमा शुभकामना आदानप्र्रदान तथा चियापान गरि स्थापना दिवस मनाइएको हो ।
जिल्ला अध्यक्ष नरेश कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य नृपबहादुर वड रहेका थिए ।
कार्यक्रममा कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, क्षेत्रिय सभापति भिम पडाल, धनगढी नगर सभापति यज्ञराज उपाध्याय, कैलाली जिल्ला सचिव नृप सुनार, नेपाल विद्यार्थी संघ कैलाली सभापति मनिष कुँवर, नेपाल तरुण दल केन्द्रिय सदस्य लोकबहादुर खडका (रबि), अमृत विसी, दिपेन्द्र बम, नेपाल महिला संघ जिल्ला अध्यक्ष शारदा सनम लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष कुँवरले नेपाल तरुण दलले देशभरका युवाहरूलाई लोकतान्त्रिक मूल्य र विचारमा एकजुट गराउँदै राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्ने गरेको बताए ।
उनले लोकतन्त्र, राष्ट्रियता र समाजवादका तीन आधारमा अगाडि बढ्दै संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत जनाए ।