बिहिबार, बैशाख १०, २०८३

धनगढी डान्स च्याम्पियनसिप सिजन ४ सम्पन्न, प्रदेश र स्थानीय सरकारहरुले सहयोग नगरेको आयोजकको गुनासो

धनगढी , २७ पुस  / धनगढी डान्स च्याम्पियनसिप सिजन ४ फाइनल प्रतिस्पर्धा भएसँगै समापन भएको छ। डान्स च्याम्पियनसिपको सिजन ४ सम्मको यात्राबारे द टुइन्स डान्स स्टुडियोका निर्देशक केशव बलायरले आज पत्रकार सम्मेलन मार्फत सबै गतिविधिहरूको बारेमा जानकारी दिए ।

उनले आफूले सुदूरपश्चिमका प्रतिभाहरूको र संस्कृतिको संरक्षण गर्दै गर्दा स्थानीय र प्रदेश सरकारहरूबाट आर्थिक नैतिक कुनै खालको पनि सहयोग नपाएको गुनासो गरे। डान्स च्याम्पियनसिपको पहिलो दोस्रो सिजनमा सहयोगको लागि अनुनय विनय गर्दा धनगढी उपमहानगरपालिका र प्रदेश सरकारहरूले आफूलाई निराश बनाएपछि बाँकी सिजनहरुमा अनुरोध गर्न पनि छोडिएको बताए।
प्रदेश र स्थानीय कुनै सरकारहरूले पनि यसतर्फ चासो नदिएको निर्देशक बलायरले आरोप लगाए ।

यस्तो छ ; धनगढी डान्स च्याम्पियनसिप सिजन चार , को को भए विजेता ?

  धनगढी डान्स च्याम्पियनसिप सिजन चारको उपाधी परिधी दाहालले जितेकि छन् । धनगढी उपमहानगरपालिका वडा न .५ तारानगर वैभव पार्टी प्यालेसमा सम्पन्न ग्राण्ड फिनालीमा ९ जना प्रतिस्पर्धिलाई उछिन्दै परिधिले ताज पहिरिएकी हुन ।

धनगढीको वाल्मीकि इन्टरनेसनल स्कुलमा कक्षा ५ मा अध्ययनरत उनले ग्राण्ड फिनालीमा शिव ताण्डवमा प्रस्तुति राखेकी थिइन ।

परिधिसँगै कृष्णनगर नगरपालिकाका सुसान्त धामी पनि प्रथम भएका छन् । दुवैजनाले नगद २,११,१११ र आकर्षक ट्रफी प्राप्त गरे । च्याम्पियनसिप अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेकी परिधिले गितार पनि उपहार पाईन ।

त्यस्तै फस्ट रनरअप धनगढीका हनिस मौनी भएका छन् । उनले नगद १,११,१११ र आकर्षक ट्रफी पनि जितेका छन्  । ७ वर्षिए मौनी धनगढी उपमहानगरपालिका वडा न ८ शिक्षानगरमा रहेको कैलाली विद्या निकेतनमा कक्षा १ मा अध्ययनरत छन्  ।

च्याम्पियनसिपको सेकेन्ड रनरअप तनुजा थापा भएकी छिन । उनले नगद ६१,१११/- र आकर्षक ट्रफी प्राप्त गरिन । थापा धनगढीको चैतन्य पाठशालामा कक्षा ११ मा अध्ययनरत छन ।

द टुइन्स डान्स स्टुडियो धनगढीको आयोजनामा आजभन्दा ५ वर्ष अगाडि सुरु गरिएको धनगढी डान्स च्याम्पियनसिप सुदूरपश्चिमको सबैभन्दा लोकप्रिय डान्स रियालिटी सो हो । आजको ग्राण्ड फिलानीमा स्पेशल गेस्टको रूपमा डान्सर तथा कोरियोग्राफर सुनिल क्षेत्री रहेका थिए । क्षेत्रीले आकर्षक नृत्य मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । उक्त ग्राण्ड फिनालीमा सकृय,समीर,धिरेन र अछामी रेखाले पनि प्रस्तुति राखेका थिए ।

द टुइन्स डान्स स्टुडियोका निर्देशक केसब बलायरको अध्यक्षतमा सम्पन्न उक्त ग्राण्ड फिनानीमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य डम्मरी महरा ( रक्षा ) रहेकी थिइन । त्यस्तै कांग्रेस नेता भिम पडाल,पुस्पा भट्ट प्याब्सनका केन्द्रिय सदस्य टोपेन्द्र शाह,नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष मेखराज दहाल,कैलाली उद्योग वाणिज्य संघका सचीव प्रकाश कुमार चन्द लगायत अतिथि रहेका थिए ।

प्रमुख अतिथि महराले सुदूरपश्चिम प्रदेशमा लुकेर रहेका प्रतिभा बाहिर निकाल्न यस्ताखाले कार्यक्रमले ठुलो भुमिका खेल्ने भन्दै आयोजकलाई निरन्तरताको शुभकामना दिईन । कार्यक्रमको संचालन वरिष्ठ उद्घोषक गुणाकर पनेरुले गरेका थिए ।