बिहिबार, बैशाख १०, २०८३

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट १३ जनाको उम्मेदवारी दर्ता

धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा फागुन २१ गते हुने निर्वाचनका लागी १३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गएका छन् । क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका नर नारायण शाह मनु, नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले र एमाले बाट यज्ञराज ढुङगानाले उम्मेद्वारी दर्ता गराएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पाटी बाट आन्नद चन्दले उम्मेद्वारी दर्ता गराएका छन

कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दर्ता गराएका काग्रृेसका शाह र एमालेका ढुङगानाले यस अघिको निर्वाचनमा फरक फरक समयमा जितेका कारण आफुहरुको जित सुनिश्चित भएको बताएका छन् ।

यसअघि एकीकृत समाजवादी पार्टीका तर्फबाट डोटीबाट निर्वाचित भएका आले यसपटक कैलाली ५ बाट उम्मेदवार बनेका हुन्। डोटीबाट २०६४ सालमा पहिलो संविधान सभाको चुनावमा पराजित भएका आले त्यसपछिका चुनाव डोटीबाट लगातार जित हासिल गर्दै आएका नेता हुन् उनले आफुले यस अघि पटक पटक सुदूरपश्चिमको विकासका लागी धेरै राम्रो काम गरेका कारण आफ्नो जित निश्चित भएको बताए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पाटीका आन्नद चन्दले नेपाली जनताले अहिले रास्वपा लाई खोजिरहेका कारण आफ्नो प्रतिप्रधी कोही नभएको बताए ।

कैलालीका पाँच वटा निर्वाचन क्षेत्र मध्ये अहिले सम्म ५१ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।