बुधबार, बैशाख ९, २०८३

हिउँदे वर्षाको लागि बैतडीको रौलाकेदार धाममा स्थानीयद्वारा पूजा

बैतडीः बैतडीमा खडेरीका कारण हिउँदे बाली सुक्न थालेपछि किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको प्रार्थना गर्न थालेका छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नं. ५ स्थित रौलाकेदार धाममा स्थानीय बासिन्दाहरूले केदार देवताको आराधना गर्दै पानीको कामना गरेका स्थानीय बासिन्दा प्रकाश सिंह महराले बताए ।

गहुँ सहित अन्य बाली सुक्न थालेपछि किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको प्रार्थना गर्न थालेका उनले बताए ।  परम्पराअनुसार बाजागाजा सहित धाममा पुगेर भराण घर रौलाकेदारको थप्नामा रातभर जाग्राम बसेर प्रार्थना गर्ने चलन रहेको छ । लामो समयदेखि वर्षा नहुँदा खेतीमा ठूलो क्षति भइरहेकोले स्थानीय पानीको प्राथना गरिरहेका छन् ।

पुरानो जनविश्वास अनुसार देवतालाई आराधना गर्दा वर्षा पर्छ भन्ने मान्यता रहेको उनले बताए । स्थानीयहरु जहिल्लै  पानी नपरे केदारको शरणमा जाने गरेका र भगवान प्रशन्न भएर पानी पर्ने गरेको महराले बताए ।

यसरी केदारको प्राथना गरे पानी पर्ने जनविश्वा रहिआएको छ ।