धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ १०० थान कपडा सहयोग गरिएको छ।\
धनगढी–४ बसपार्क मा रहेको मिश्र जनरल स्टोरका प्रोप्राइटर खेमराज मिश्र र धर्म पत्नी कुर्मा मिश्रले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।