मङ्लबार, बैशाख ८, २०८३

पूर्वमन्त्री चुनावी मैदानमा, वाचा कति पूरा कति अधुरा

धनगढी । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरबाट सङ्घ र प्रदेशका गरी चार पूर्वमन्त्री चुनावी मैदानमा छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट चार पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका हुन् ।

निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिस्ट पार्टीबाट सङ्घीय सरकारका पूर्वखानेपानीमन्त्री बिना मगर र नेकपा एमाले बाट सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार ४३७ को फराकिलो मतान्तरले पराजित गर्दै मगर विजयी हुनुभएको थियो ।