धनगढी, ,१४ माघ / सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) प्रतिनिधिहरूले विद्यार्थीका साझा समस्या समाधानको माग गर्दै उपकुलपति समक्ष संयुक्त ज्ञापनपत्र पेश गरेका छन्। विश्वविद्यालय अन्तर्गतका १४ वटा क्याम्पसका स्ववियु सभापतिहरूले संयुक्तरूपमा मागपत्र बुझाएका हुन्।
चैत्र २७ गते सम्पन्न स्ववियु निर्वाचनपछि निर्वाचित प्रतिनिधिहरूले क्याम्पस तहबाट समाधान हुन नसक्ने परीक्षा, नतिजा, शैक्षिक क्यालेन्डर, अनलाइन सेवा, विद्यार्थी सहभागिता र प्राध्यापक अभावजस्ता विषय विश्वविद्यालयबाटै सम्बोधन हुनुपर्ने भन्दै २० बुँदे माग अघि सारेका हुन्।
ज्ञापनपत्रमा पुनः योगफल परिक्षण अनलाइन व्यवस्था, Relative Grading System लागू, परीक्षा तथा नतिजा शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन, स्ववियु प्रतिनिधिलाई क्याम्पस समिति र विश्वविद्यालय सभामा सहभागिता, भर्ना शुल्क अनलाइन प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने माग समेटिएको छ।
त्यस्तै, प्राध्यापक अभाव समाधान, परीक्षा प्रणालीमा देखिने त्रुटी नियन्त्रण, Placement Cell स्थापना, पहाडी क्षेत्रका विद्यार्थीलाई ट्रान्सक्रिप्ट तथा प्रोभिजनल प्रमाणपत्र छिटो उपलब्ध गराउने र विद्यार्थी समस्या सुनुवाइका लागि छुट्टै संयन्त्र स्थापना गर्नुपर्ने माग गरिएको छ।
स्ववियु नेतृत्वले मागहरू समयमै सम्बोधन नगरे आगामी दिनमा थप संयुक्त कदम चालिने कैलाली बहुमुख क्याम्पसका स्ववियु सभापति सन्तोष पन्तले बताए।
यस्ता छन् मागहरु :-


