गोरिफन्टा (खीरी)
भारत-नेपाल सीमासँग जोडिएको गोरिफन्टा मार्ग दुधवा जङ्गलमा भएको एक सडक दुर्घटनामा एक नेपाली नागरिकको दुःखद मृत्यु भएको छ। सडकको छेउमा रहेका गहिरा खाल्डाखुल्डी तथा अत्यन्तै जीर्ण सडक अवस्थाका कारण दुर्घटना भएको बताइएको छ।
मृतकको पहिचान कञ्चनपुर जिल्ला अन्तर्गत पिपलेडी निवासी ४६ वर्षीय पुष्पराज भट्ट, पिता रत्नपति भट्टका रूपमा भएको छ। उहाँ बजाज पल्सर मोटरसाइकल सु प प्र ०१ ००८ प ७४९७ चढी आफ्नो घरतर्फ जाँदै जाँदै गरेको समयमा यो दुर्घटना भएको हो।
दुर्घटनाको ठोस कारण हालसम्म स्पष्ट हुन सकेको छैन। तर स्थानीयवासीका अनुसार सडकको खराब अवस्था र गहिरा खाल्डाखुल्डी नै दुर्घटनाको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनामा गम्भीर चोट लागेका कारण घटनास्थलमै उहाँको मृत्यु भएको हो।