शनिबार, बैशाख ५, २०८३

धनगढीमा खैरो हेरोइनसहित युवक पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार साँझ स्थानीय ३० वर्षीय रंजित चौधरीलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ५८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ) फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।