सोमवार, बैशाख ७, २०८३

धनगढीमा विद्युत महसुल अनलाइन मार्फत भुक्तानी, काउन्टर सेवा बन्द हुने

धनगढी ६ बैशाख/नेपाल विद्युत प्राधिकरण अन्तर्गत धनगढी वितरण केन्द्रले विद्युत महसुल संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय गरेको छ ।

केन्द्रले जारी गरेको सूचनाअनुसार, मिति २०८३ असार १ गतेदेखि कार्यालयमा सञ्चालन हुँदै आएको नगद तथा काउन्टरमार्फत महसुल संकलन सेवा पूर्ण रूपमा बन्द गरिनेछ । उक्त मितिपछि ग्राहकहरूले विद्युत महसुल डिजिटल माध्यमबाट मात्रै भुक्तानी गर्नुपर्नेछ ।

यो निर्णय नेपाल सरकार तथा प्राधिकरणको डिजिटल भुक्तानी प्रवद्र्धन नीतिअनुसार गरिएको हो । यसबाट सेवाग्राहीले समय र खर्च दुवैको बचत गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्राधिकरणले ग्राहकहरूलाइ ईसेवा, खल्ती, कनेक्ट आईपिएस लगाएत बैंकिङ एप तथा अन्य डिजिटल वालेटहरू प्रयोग गरी सहज रूपमा भुक्तानी गर्न आग्रह गरेको छ । साथै, अनलाइन भुक्तानी सेवा २४ घण्टा उपलब्ध रहने जनाइएको छ ।