धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीले आगामी दिनहरूमा प्रत्येक ६ महिनामा नियमित रूपमा ३६० डिग्री कर्मचारी मूल्याङ्कन गर्ने योजना सार्वजनिक गरेको छ।
अस्पतालका अनुसार यस कार्यक्रममार्फत कर्मचारीहरूमा सकारात्मक प्रेरणा बढाउने, कार्य वातावरण सुधार गर्ने तथा पहिचान भएका कमजोरीहरूलाई सुधारतर्फ उन्मुख गराउने उद्देश्य राखिएको छ।
उक्त मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रयोगशाला कर्मचारीका रूपमा वरिष्ठ प्रयोगशाला सहायक दुर्गा दत्त जोशी र प्रयोगशाला प्राविधिक तीर्थराज जोशीलाई सम्मान प्रदान गरिएको छ।