बिहिबार, बैशाख ३१, २०८३

फिटनेस प्लानेट आयरन क्ल्यास डेडलिफ्ट च्याम्पियनसिपमा लक्ष्मी रोकायालाई सम्मान

फिटनेस प्लानेट आयरन क्ल्यास डेडलिफ्ट च्याम्पियनसिपमा लक्ष्मी रोकायालाई सम्मान
बैशाख ३०, २०८३
सनराईज टेलिभिजन
धनगढी । “Let’s Stay Fit Together” भन्ने नारासहित सञ्चालनमा रहेको फिटनेस प्लानेटले आयोजना गरेको “Fitness Planet Iron Clash Deadlift Championship Season One” मा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्ने लक्ष्मी रोकायालाई प्रमाण–पत्रसहित सम्मान गरिएको छ।
वैशाख २६ गते सम्पन्न प्रतियोगितामा ओपन फिमेल क्याटेगोरीअन्तर्गत प्रतिस्पर्धा गर्दै रोकायाले शानदार प्रदर्शन गरेकी हुन्। फिटनेस तथा खेलकुद क्षेत्रमा देखाएको मेहनत, समर्पण र उत्कृष्ट क्षमताको कदर गर्दै फिटनेस प्लानेट परिवारले उनलाई सम्मान गरेको जनाएको छ।
सम्मान कार्यक्रममा आयोजक पक्षले लक्ष्मी रोकायाको उपलब्धिले महिला खेलाडीहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको थियो। साथै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना समेत दिइएको छ।
प्रतियोगिताको प्रमाण–पत्रमा एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ का गोल्ड मेडलिस्ट ज्ञानेन्द्रराज पाण्डे, फिटनेस प्लानेटका म्यानेजिङ डाइरेक्टर अजय रिजाल तथा सुदूरपश्चिम शारीरिक सुगठन संघका अध्यक्ष मोहन तामाङको हस्ताक्षर रहेको छ।
फिटनेस प्लानेटले हालै धनगढीको पुष्पलाल चोकमा आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएर फिटनेस अभियानलाई थप विस्तार गरिरहेको छ।