सोमवार, असार १५, २०८३

‘जीबी राई सार्वजनिक गर’ भन्दै माइतीघरमा धर्ना

सहकारीको अर्बौ रकम ठगेर फरार ‘गितेन्द्रबाबु राई (जीबी) खोई’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना शुरु गरिएको छ ।

ललितपुरको पुल्चोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाकी पीडित बचतकर्ता रमिला कार्की धर्नामा बसेकी हुन्

उनले ‘जीबी राई खोई सरकार ?’, ‘सुमेरु सहकारी सञ्चालकलाई पक्राउ गरेको खोई सरकार ?’, ‘हामी पीडितको रकम कहिले फिर्ता हुन्छ ?’, ‘हामी सडकमा कति दिन बस्ने ?’, ‘सहकारी ठगलाई कारबाही खोई सरकार ?’ लगायत लेखिएका ब्यानरसमेत टाँगेकी छन् । रमिला ४१ दिनदेखि धर्नारत छिन् ।