भेनेजुएलाको भूकम्पबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १४३० पुगेको छ । बुधबार साँझ गएका दुई शक्तिशाली भूकम्पमा घाइते हुनेको संख्या ३३ सय नाघेको छ । राजधानी काराकास र वरपरका क्षेत्रमा भत्किएका भवनमा अझै धेरै मानिस फसेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पमा हजारौँ हराइरहेका छन् ।
भूकम्पपछि केही घण्टाको अन्तरालमा भत्किएका भवनहरूको भग्नावशेषबाट दुई ११ वर्षीय बालकलाई छुट्टाछुट्टै उद्धार गरिएको छ ।मोइसेस नाम दिइएको पहिलो केटाको भिडियो फुटेजमा उसलाई भग्नावशेषबाट तानिएको देखाइएको छ । उनको उद्धारको केही घण्टापछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिकेजले अर्को ११ वर्षीय बालकलाई उद्धार गरिएको घोषणा गरे । उनको उद्धार गरिएको एक भिडियो रोड्रिकेजले एक्समा उनको भिडियो पोस्ट गरेका थिए । उनलाई स्ट्रेचरमा भग्नावशेषको विशाल ढिस्कोबाट बोकेर लगिएको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षण गर्ने संस्था युएसजिएसका अनुसार बुधबार साँझ काराकासबाट लगभग २८४ किलोमिटर पश्चिममा रहेको सान फेलिपनजिकै ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । पहिलो भूकम्प गएको एक मिनेट पनि पूरा नहँुदै राजधानीबाट लगभग २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिकै केन्द्रविन्दु भएर ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । ३९ सेकेन्डभित्र गएका दुई भूकम्पका कारण सयौँ भवन भत्किएका छन् । धेरै मानिस भवनभित्र फसेका छन् । हतास परिवारहरू आफ्ना प्रियजनहरूलाई खोज्न हातले भग्नावशेष खन्ने काम गरिरहेका छन् ।
भूकम्पले ठुलो क्षति पुर्याएपछि सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै खोजी तथा उद्धार कार्य तीव्र बनाएको छ । आपत्कालीन अवस्थापछि देशको मुख्य विमानस्थलदेखि पठनपाठनसम्म बन्द गरिएका छन् । घाइतेको खोजी तथा उद्धारका लागि ठुलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भूकम्पबाट ठुलो क्षति भएको अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छिन् । भूकम्पपछि अझै हजारौँ मानिस हराइरहेका बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूहरूले सक्दो सघाउने बताएका छन् । यसअघि अमेरिकी भूकम्प मापन केन्द्र युएसजिएसले भूकम्पका कारण हताहतीको संख्या १० हजारदेखि एक लाखसम्म हुन सक्ने जनाएको थियो । यसअघि भूकम्पको भग्नावेशषबाट एक नवजात शिशुको उद्धार गरिएको बिबिसीले जनाएको थियो । अन्तरिम राष्ट्रपति रोड्रिगेजले उद्धारका लागि खटिएको समूहले फसेका व्यक्तिको जीवितै उद्धार गर्ने आशा गरे ।