मङ्लबार, असार १६, २०८३

सार्वजनिक यातायातमा लुटपाट गर्ने २ जना पक्राउ

१६ असार, काठमाडौं । सार्वजनिक यातायातमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३४ वर्षीय रन्जित चौधरी र ४५ वर्षीया शान्ति चमार छन् । उनीहरूलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पशुपति दर्शन गर्न आउनेहरूलाई उनीहरूले लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ । उनीहरूबाट सुनका गरगहनाहरू समेत बरामद गरिएको प्रहरीले बताएको छ ।