मङ्लबार, असार १६, २०८३

सवारीसाधनको कालो सिसा हटाइँदै, ७ वटै प्रदेशमा अभियान सुरु

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरेको छ ।

प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले मंगलबार सर्कुलर गरेको हो । कार्य विभाग अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन माहाशाखाले प्रदेश कार्यालयहरूलाई त्यस्तो सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।प्रधान कार्यालयले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पनि सर्कुलर गरेको छ । असार १५ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाडीमा राखिएको कालो सिसाको स्टिकर हटाएको थियो ।गृहमन्त्री र सचिवको कालो सिसा हटाएसँगै मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव चढ्ने सरकारी गाडीको पनि कालो सिसा हटाइएको छ । मंगलबार आपूर्ति मन्त्रालयका कर्मचारीहरूले नै मन्त्री यादवको गाडीमा जडान गरिएको कालो सिसाको स्टिकर निकालेका हुन् ।असार १४ देखी ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको थियो । पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो । कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरेको छ ।