बुधबार, असार १७, २०८३

न्यायको माग गर्दै गृह मन्त्रालय पुग्यो सुस्तावासीको टोली

हिजोदेखि राजधानीको माइतीघर मण्डलामा आन्दोलनरत सुस्तावासीलाई गृह मन्त्रालयले वार्तामा बोलाएको छ । गृहले वार्ताका लागि बोलाएपछि ९ जनाको टोली सिंहदरबार पुगेको छ । अहिले गृहमा वार्ता चलिरहेको छ ।

टोलीमा बाबु खाँ, लैला बेगम, मुन्ना खाँ, जयप्रकाश खत्री, मुनसी हरिजन, कमल हरिजन, मीनदेवी हरिजन, अवधेश कुश्वाहा र हेमराज दाहाल रहेका छन् । भारतीय एसएसबीले सुस्ता छिरेर धम्की दिन थालेपछि काठमाडौं आएका उनीहरुले सरकारसँग लालपूर्जा र नागरिकता माग गरेका छन् । आफ्नै देशमा अनागरिक भएर बाँच्नुपरेको उनीहरुको गुनासो छ ।