सीप, सहज कर्जा र बजारको पहुँचलाई एउटै प्रणालीमा जोड्न सके युवा उद्यमशीलता बढ्ने र स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने सरोकारवालाको धारणा।
नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि युवा शक्तिलाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र होइन, रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। युवामा सीप, व्यवसायिक सोच र काम गर्ने इच्छाशक्ति भए पनि पूँजी, बजार, मार्गदर्शन र वित्तीय पहुँचको अभावले उनीहरूका धेरै योजना व्यवहारमा आउन नसकेको सरोकारवालाको भनाइ छ।
युवा दिवसका अवसरमा युवाको क्षमता पहिचान, रोजगारमुखी सीप विकास, इन्टर्नशिप, उद्यमशीलता र सहज कर्जालाई एउटै प्रणालीमा जोड्नुपर्ने आवश्यकता देखिएको हो। केवल तालिम सञ्चालन गरेर वा कर्जा घोषणा गरेर मात्र युवा रोजगारीको समस्या समाधान नहुने भएकाले तालिमपछि रोजगारी, व्यवसायिक परामर्श र बजारसँग जोड्ने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
नेपालमा रोजगारीका सीमित अवसर, व्यवसाय सुरु गर्न आवश्यक पूँजीको अभाव, बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न देखिने कठिनाइ र उचित मार्गदर्शनको कमीका कारण ठूलो संख्यामा युवा विदेशिने गरेका छन्। विदेश जानु आफैँमा गलत नभए पनि नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास कमजोर हुँदै जानु चुनौतीपूर्ण विषय भएको युवा क्षेत्रमा काम गर्दै आएका रञ्जन ज्ञवाली बताउँछन्।
सहज कर्जाबिना उद्यमशीलता अधुरो
सीप र व्यवसायिक सोच भएका धेरै युवासँग लगानीयोग्य पूँजी नहुँदा उनीहरूका योजना कागजमै सीमित हुने गरेका छन्। यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले धितो र परम्परागत पहुँचमा मात्र निर्भर नभई परियोजनाको सम्भाव्यता, बजार, व्यवसायिक योजना, नगद प्रवाह र उद्यमीको क्षमतालाई आधार बनाएर कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ।
नयाँ व्यवसायका लागि सहुलियतपूर्ण ब्याजदर, पर्याप्त कर्जा अवधि र सुरुवाती चरणमा Grace Period को व्यवस्था उपयोगी हुन सक्छ। सरकारले बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी Youth Entrepreneurship Loan तथा Startup Investment Fund जस्ता कार्यक्रमलाई व्यवहारिक, पारदर्शी र पहुँचयोग्य बनाउनुपर्ने आवश्यकता छ।
कर्जा प्राप्त गर्ने प्रक्रिया सरल हुनुका साथै आवेदन, मूल्यांकन, स्वीकृति र अनुगमनको व्यवस्था पनि स्पष्ट हुनुपर्छ। कर्जासँगै वित्तीय साक्षरता, लेखा व्यवस्थापन, व्यवसायिक योजना, बजार विस्तार र जोखिम व्यवस्थापनसम्बन्धी परामर्श उपलब्ध गराउन सकेमा नयाँ उद्यमलाई टिकाउन सहयोग पुग्नेछ।
स्थानीय सरकार र निजी क्षेत्रको भूमिका
स्थानीय सरकारले युवाको आवश्यकता पहिचान गर्ने, अद्यावधिक तथ्यांक तयार गर्ने र लक्षित सीप विकास कार्यक्रम सञ्चालन गर्न सक्छ। तालिम प्रदायक संस्थाले क्षमता परीक्षण, तालिम, करियर परामर्श र रोजगारदाता समन्वयमा भूमिका खेल्न सक्छन्। निजी क्षेत्रले इन्टर्नशिप, अप्रेन्टिसशिप, रोजगारी र बजारका अवसर उपलब्ध गराउन सक्छ।
यी पक्षबीच समन्वय भएमा Youth Skill-to-Employment Model विकास गर्न सकिनेछ। पहिलो चरणमा युवाको रुचि तथा क्षमता पहिचान गर्ने, दोस्रो चरणमा रोजगार वा उद्यमअनुकूल तालिम दिने, तेस्रो चरणमा इन्टर्नशिप वा परियोजना अभ्यास गराउने र चौथो चरणमा रोजगारी, कर्जा तथा बजारसँग जोड्ने व्यवस्था गर्न सकिनेछ।
विदेशबाट फर्किएका युवालाई पनि यस प्रणालीमा प्राथमिकताका साथ जोडिनुपर्ने आवश्यकता छ। उनीहरूसँग विदेशमा सिकेको सीप, कामको अनुभव र कतिपय अवस्थामा लगानीयोग्य पूँजी हुन्छ। पुनःस्थापना कर्जा, व्यवसायिक परामर्श, प्रविधि र बजारको सहयोग पाएमा उनीहरू नेपालमै नयाँ उद्यम सुरु गरी अरूका लागि समेत रोजगारी सिर्जना गर्न सक्षम हुन सक्छन्।
युवा उद्यमशीलता विकास सरकारको मात्र जिम्मेवारी होइन। सरकारले नीति र वातावरण निर्माण गर्नुपर्छ, बैंकले सहज वित्तीय स्रोत उपलब्ध गराउनुपर्छ, निजी क्षेत्रले रोजगारी र बजारका अवसर सिर्जना गर्नुपर्छ, शैक्षिक संस्थाले व्यवहारिक शिक्षा दिनुपर्छ र अनुभवी उद्यमीले नयाँ पुस्तालाई मार्गदर्शन गर्नुपर्छ।
“आजको युवा केवल रोजगारी खोज्ने जनशक्ति होइन, रोजगारी सिर्जना गर्ने शक्ति हो,” ज्ञवाली भन्छन्, “युवाका विचार र क्षमतालाई व्यवसायमा रूपान्तरण गर्न सरकार, बैंक, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक छ।”
प्रमाणपत्रसँगै व्यावहारिक सीप
शिक्षा प्रणालीलाई प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नराखी व्यावहारिक सीप र कामको अनुभवसँग जोड्नुपर्ने आवश्यकता छ। विद्यार्थी तथा युवालाई अध्ययनकै क्रममा इन्टर्नशिप, अप्रेन्टिसशिप र परियोजनामा आधारित सिकाइको अवसर दिन सकेमा उनीहरू कार्यस्थलको वातावरण बुझ्न र आफ्नो क्षमता विकास गर्न सक्षम हुनेछन्।
युवाको क्षमता एउटै प्रकृतिको हुँदैन। कोही नेतृत्वमा अब्बल हुन्छन्, कोही सञ्चारमा, कोही प्रविधिमा, कोही व्यवस्थापनमा र कोही व्यापार तथा बजार व्यवस्थापनमा। त्यसैले सबै युवालाई एउटै प्रकृतिको तालिम दिनुभन्दा उनीहरूको रुचि, क्षमता र स्थानीय बजारको मागका आधारमा सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।
Communication Skill, Computer Skill, Leadership, Marketing, Customer Service, CV Preparation तथा Soft Skills जस्ता क्षमता आजका युवाका लागि महत्वपूर्ण रोजगारमुखी सीप हुन्। यस्ता सीपलाई स्थानीय उद्योग, होटल, अस्पताल, बैंक, शैक्षिक संस्था तथा सेवा क्षेत्रको वास्तविक आवश्यकतासँग जोड्न सकिएमा शिक्षा र रोजगारीबीचको दूरी घटाउन सकिनेछ।
धनगढीमा सम्भावना धेरै
धनगढी सुदूरपश्चिमको प्रमुख व्यापारिक तथा सेवा केन्द्र हो। यहाँ होटल, अस्पताल, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, उद्योग–व्यवसाय, सूचना प्रविधि र विभिन्न सेवा क्षेत्रमा रोजगारी तथा उद्यमशीलताको सम्भावना छ। तर सम्भावना हुँदाहुँदै पनि धेरै युवामा आवश्यक सीप, आत्मविश्वास र बजारसँग जोडिने अवसरको कमी देखिन्छ।
युवाको क्षमता पहिचानदेखि सीप विकास र रोजगारीसँग जोड्ने उद्देश्यले पाथ ह्युमन रिसोर्स ट्रेनिङ एण्ड रिसर्च प्रा.लि. ले धनगढीमा विभिन्न रोजगारमुखी तालिम तथा करियर विकासका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले युवाको रुचि र क्षमताअनुसार Communication Skill, Computer Skill, Leadership, Marketing, CV Preparation तथा Soft Skills मा तालिम प्रदान गर्दै आएको छ।
तालिमपछि युवालाई धनगढीमा रहेका होटल, अस्पताल, विभिन्न संघसंस्था, व्यवसाय तथा अन्य रोजगारदातासँग जोडेर Placement को प्रयाससमेत गर्दै आएको संस्थाको भनाइ छ। “हाम्रो उद्देश्य केवल तालिम दिने होइन, सीप सिकाउने, क्षमता बढाउने र रोजगारीसँग जोड्ने हो,” ज्ञवालीको भनाइ छ।
सहज कर्जाबिना उद्यमशीलता अधुरो
सीप र व्यवसायिक सोच भएका धेरै युवासँग लगानीयोग्य पूँजी नहुँदा उनीहरूका योजना कागजमै सीमित हुने गरेका छन्। यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले धितो र परम्परागत पहुँचमा मात्र निर्भर नभई परियोजनाको सम्भाव्यता, बजार, व्यवसायिक योजना, नगद प्रवाह र उद्यमीको क्षमतालाई आधार बनाएर कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ।
नयाँ व्यवसायका लागि सहुलियतपूर्ण ब्याजदर, पर्याप्त कर्जा अवधि र सुरुवाती चरणमा Grace Period को व्यवस्था उपयोगी हुन सक्छ। सरकारले बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी Youth Entrepreneurship Loan तथा Startup Investment Fund जस्ता कार्यक्रमलाई व्यवहारिक, पारदर्शी र पहुँचयोग्य बनाउनुपर्ने आवश्यकता छ।
कर्जा प्राप्त गर्ने प्रक्रिया सरल हुनुका साथै आवेदन, मूल्यांकन, स्वीकृति र अनुगमनको व्यवस्था पनि स्पष्ट हुनुपर्छ। कर्जासँगै वित्तीय साक्षरता, लेखा व्यवस्थापन, व्यवसायिक योजना, बजार विस्तार र जोखिम व्यवस्थापनसम्बन्धी परामर्श उपलब्ध गराउन सकेमा नयाँ उद्यमलाई टिकाउन सहयोग पुग्नेछ।
स्थानीय सरकार र निजी क्षेत्रको भूमिका
स्थानीय सरकारले युवाको आवश्यकता पहिचान गर्ने, अद्यावधिक तथ्यांक तयार गर्ने र लक्षित सीप विकास कार्यक्रम सञ्चालन गर्न सक्छ। तालिम प्रदायक संस्थाले क्षमता परीक्षण, तालिम, करियर परामर्श र रोजगारदाता समन्वयमा भूमिका खेल्न सक्छन्। निजी क्षेत्रले इन्टर्नशिप, अप्रेन्टिसशिप, रोजगारी र बजारका अवसर उपलब्ध गराउन सक्छ।
यी पक्षबीच समन्वय भएमा Youth Skill-to-Employment Model विकास गर्न सकिनेछ। पहिलो चरणमा युवाको रुचि तथा क्षमता पहिचान गर्ने, दोस्रो चरणमा रोजगार वा उद्यमअनुकूल तालिम दिने, तेस्रो चरणमा इन्टर्नशिप वा परियोजना अभ्यास गराउने र चौथो चरणमा रोजगारी, कर्जा तथा बजारसँग जोड्ने व्यवस्था गर्न सकिनेछ।
विदेशबाट फर्किएका युवालाई पनि यस प्रणालीमा प्राथमिकताका साथ जोडिनुपर्ने आवश्यकता छ। उनीहरूसँग विदेशमा सिकेको सीप, कामको अनुभव र कतिपय अवस्थामा लगानीयोग्य पूँजी हुन्छ। पुनःस्थापना कर्जा, व्यवसायिक परामर्श, प्रविधि र बजारको सहयोग पाएमा उनीहरू नेपालमै नयाँ उद्यम सुरु गरी अरूका लागि समेत रोजगारी सिर्जना गर्न सक्षम हुन सक्छन्।
युवा उद्यमशीलता विकास सरकारको मात्र जिम्मेवारी होइन। सरकारले नीति र वातावरण निर्माण गर्नुपर्छ, बैंकले सहज वित्तीय स्रोत उपलब्ध गराउनुपर्छ, निजी क्षेत्रले रोजगारी र बजारका अवसर सिर्जना गर्नुपर्छ, शैक्षिक संस्थाले व्यवहारिक शिक्षा दिनुपर्छ र अनुभवी उद्यमीले नयाँ पुस्तालाई मार्गदर्शन गर्नुपर्छ।
युवालाई अवसर, सीप, पूँजी र बजारसँग जोड्ने वातावरण निर्माण गर्न सकिएमा धनगढी मात्र होइन, सुदूरपश्चिममै उद्यमशीलताको नयाँ आधार तयार गर्न सकिनेछ। त्यसका लागि साझा सन्देश स्पष्ट छ—सरकारको साथ, बैंकको हात र युवाको सोच।
लेखक: रञ्जन ज्ञवाली
पद: प्रबन्ध निर्देशक, पाथ ह्युमन रिसोर्स ट्रेनिङ एण्ड रिसर्च प्रा.लि., धनगढी