कञ्चनपुर: वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक दर्शन खड्का २०८३ साल भाद्र महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खड्कालाई उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसा पत्रसहित सम्मान गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले प्रशंसा पत्र प्रदान गरेका थिए ।प्रहरी निरीक्षक खड्कालाई कार्यसम्पादन तथा जिम्मेवारी निर्वाहमा गरेको योगदानका आधारमा भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।