शुक्रबार, अशोज २, २०८३

भोटेकोशी बाढीपीडितका लागि वाईसीएल सुदूरपश्चिमद्वारा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

धनगढी । भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक प्रकोप तथा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेश समितिले १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उपस्थित भएर राहत तथा पुनर्निर्माणमा सहभागी हुन नसके पनि मानवीय सहयोगस्वरूप प्रदेश समिति तथा साथीहरूबाट रकम संकलन गरिएको वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेश संयोजक वसन्त सिंह कार्कीले जानकारी दिए।
उनका अनुसार संकलित रु. १,०१,१११ रकम वाईसीएल नेपालको केन्द्रीय कार्यालयको खातामा जम्मा गरी भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि पठाइएको हो।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश समिति तथा विभिन्न साथीहरूबाट रकम संकलन गरिएको कार्कीले बताए।
विपद्को समयमा प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुग्न नसके पनि आफ्नो क्षमताअनुसार सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग गरिएको उनले बताए। बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्।
कार्कीले सहयोग रकम उपलब्ध गराउने वाईसीएलका नेता, कार्यकर्ता तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विपद्का समयमा आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
“सहयोग गर्नुहुने सम्पूर्ण कमरेडहरूलाई हार्दिक धन्यवाद,” प्रदेश संयोजक कार्कीले भने।