धनगढी –
दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले अत्तरिया क्षेत्रमा विभिन्न तहका पूर्व विद्यार्थीहरूको संयोजनमा ‘पूर्व विद्यार्थी मञ्च’को तदर्थ समिति गठन भएको छ। यस मञ्चले विद्यालयको हित, विकास र उज्ज्वल भविष्य निर्माणका लागि सामूहिक भूमिका खेल्ने योजना बनाएको छ।
समितिको अध्यक्ष नारद प्रसाद भट्ट, उपाध्यक्ष राजन आचार्य, सचिव तेजबहादुर खड्का, कोषाध्यक्ष यशोदा भट्ट, सहसचिव जानुका बराल र सदस्यहरू ई। पूर्ण कुंवर, ई।लोकराज भट्ट, राजन खड्का, दीपक बोहरा, शंकर खड्का र मुन्ना दमाई मिलेर संयुक्त रूपमा कार्य गर्नेछन्।
यसैगरी, शिक्षक शिवराज जोशीको संयोजकतामा एक सल्लाहकार समिति पनि गठन गरिएको छ, जसमा धर्मदेव नौन्याल, चुडामणी गजुरेल, कविराज भट्ट, प्रेमराज भट्ट, कमल कडायत, हेमराज नौन्याल, दिलिप साउँद र हरि भटराई सदस्य रहेका छन्।
मञ्चले विद्यालयको शैक्षिक गुणस्तर सुधार, पुराना विद्यार्थीहरूसँग संयोजन, शैक्षिक सामग्री तथा आधारभूत संरचना विकासमा सहयोग गर्ने योजना बनाएको छ। अध्यक्ष भट्टले “हामी विद्यालयको इतिहास र गौरवलाई अगाडि बढाउँदै वर्तमान विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन सक्रिय भूमिका खेल्नेछौं” भनेर जनाए।
दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय, अत्तरियाका पूर्व विद्यार्थीहरूले विद्यालयको विकास र सामाजिक उत्तरदायित्व निर्वाह गर्न ‘पूर्व विद्यार्थी मञ्च’ गठन गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहाले यस मञ्चको मुख्य उद्देश्य विद्यालय सेवा क्षेत्रभित्रका आर्थिक र सामाजिक रूपमा पिछडिएका विद्यार्थीहरूलाई सहयोग गर्नु र विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्याउनु रहेको बताए।

मञ्चले निम्न लक्ष्यहरू राखेको छ –
आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गराउने
विद्यालयको शैक्षिक स्तरोन्नति तथा भौतिक पुनर्निर्माणमा सहयोग गर्ने
पूर्व विद्यार्थीहरूबीच एकताको स्थापना गरी विद्यालयका लागि कोष स्थापना गर्ने
विद्यालयका विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने
नयाँ पुस्तालाई प्रेरणा दिने कार्यक्रमहरू सञ्चालन गर्ने
नवगठित समितिका अध्यक्ष नारद प्रसाद भट्टले “हामी पूर्व विद्यार्थीहरूको अनुभव र स्रोतलाई विद्यालयको विकासमा उपयोग गर्न चाहन्छौं” भन्दै विद्यालय प्रशासन, शिक्षक तथा स्थानीय समुदायसंग मिलेर काम गर्ने बताए।
यस अवसरमा विद्यालयका प्रधानाध्यापकले पनि यस पहललाई विद्यालयको इतिहासमा एक महत्वपूर्ण कदम बताउँदै सहयोगको आश्वासन दिए।