सोमवार, जेष्ठ ४, २०८३

सुन्दर सुदूरपश्चिम यातायात द्वारा नव आगन्तुक प्रहरी प्रमुखहरुलाई स्वागत र सम्मान

धनगढी – 
सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि को आयोजनामा प्रदेशका नव आगन्तुक प्रहरी प्रमु्खहरुलाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो । धनगढीमा आयोजित उक्त कार्यक्रममा यातायात व्यवसायी, यातायात क्षेत्रका मजदुर संगठन लगाएतले संयुक्त रुपमा स्वागत गरेका थिए ।
स्वागत कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डम्बर बहादुर वि.क, विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बालनर सिंह राणा, विशिष्ठ अतिथि नेपाल प्रहरी राजमार्ग सु्रक्षा कार्यालय ट्राफिक व्यवस्थापन प्रमुख प्रहरी उपरिक्षक प्रेम शाही, विशिष्ठ अतिथि सशस्त्र प्रहरी बल ३४ नं. गणका गणपति प्रहरी उपरिक्षक सुरेन्द्र राज रन्जीतलाई सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदुरपश्चिम प्रदेश, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश, नेपाल यातायात मजदुर संघ सुदुरपश्चिम प्रदेश लगाएतले संयुक्त रुपमा स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल यातायात मजदुर संघ सुदुरपश्चिम प्रदेश सचिव गोविन्द भाटले सुदूरपश्चिममा आउनु भएका नव आगन्तुक प्रमुखहरुलाई उनले स्वागत गर्दै सुदूरपश्चिमका देवि देवताले तपाईहरुको रक्षा गरु भन्दै कार्यकाल सफलताको शुभकामना दिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष ललित चन्दले प्रहरी प्रमुखहरुलाई स्वागत गर्दै उनले व्यवसायीका गुनासो र समस्याहरु धेरै रहेको बताए । आगमी दिनमा हामीले छलफल र संवाद गरेर समस्याहरुलाई निराकरण गर्दै लैजानु पर्ने उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदुरपश्चिम प्रदेशका संयोजक टेक राज जोशीले यदि यातायात व्यवसायको आवरणमा कसैले पनि गलत खालका क्रियाकलाप ग¥यो भने त्यो कुरा क्षेम्य नहुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डम्बर बहादुर वि.कले उत्साह जनक सहभागिताले आगमीदिनमा हामीले यातायात क्षेत्रको सुधारमा प्रहरी तपाईहरुको साथमा रहेने प्रतिवद्धता व्यक्त गरे । निजि क्षेत्रमा कामगर्ने यातायात उधोगका श्रमिकहरुलाई सम्मान गरेर काम गर्ने बताए । उनले भने ट्राफिक प्रहरी, सिभिल प्रहरीले सभ्य व्यवहार गरेर काम गर्ने उनले बताए । यस क्षेत्रका समस्याहरुलाई उजागर गरेर, यसक्षेत्रमा आवद्ध भएको श्रमिक साथीहरु सम्मानका साथ काम गर्ने माहोल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सुन्दर सुदूरपश्चिम यातायात प्रा.लीका अध्यक्ष पदम राज सापकोटाले यातायात व्यवसायी र मजदुर संगठन मिलेर जानु पर्ने बताए । दुर्घटना न्युनिकरणका कार्यक्रमहरु, सडक सुरक्षा, यातायातलाई व्यवस्थित गर्ने लगाएतका कार्यक्रमहरु हिजोका दिनमा पनि कार्यक्रमहरु गरिएको थियो र भोलिको दिनमा पनि प्रहरी प्रशासान संग मिलेर कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।

यातायात व्यवसायी भनेको उधोग हो तर आज आठ वर्ष भई सक्दा समेत हामी उधोगको रुपमा चल्न नसकेको उनको भनाइ छ ।
सनराईज टलिभिजनका लागि साकार बोगटी र सरस्वती विकको रिपोर्ट