धनगढी –
कैलालीको धनगढी उपमहानगरपालिका वडा ३ विशालनगर वाट मोटरसाईकल चोरी भएको छ । विशालनगर स्थित अनुप श्रेष्ठको घरको आगन वाट मोटरसाईकल चोरी भएको हो । अनुप श्रेष्ठको नाममा रहेको सु.प. प्र. ०१–००९ प ४०६८ नंम्वरको निलो रंगको ग्लामर मोटरसाईकल शुक्रवार विहान साढे ८ बजे तिर चोरी भएको विशालनगर प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरीक्षक शंकर भट्टले जानकारी दिएका छन् । प्रहरीले मोटरसाईकल र चोरी गर्ने व्यक्तलाई खोजी गरिरहेको जनाएको छ ।